प्रहरीद्वारा शान्तिपुरमा नागरीक सुनुवाई कार्यक्रम सञ्चालन

इलाम, ९ चैतः समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलामको आयोजनामा शुक्रबार नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
 इलाम जिल्ला रोङ गाँउपालिका ०१ वडा कार्यालय भवन शान्तिपुरमा सोही वडाका वडा अध्यक्षको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाको प्रमुख आतिथ्य तथा सशस्त्र प्रहरी उपरीक्षक बिदुर खड्काप, इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामका प्रमुख प्रहरी निरीक्षक हेम राज ओली, वडा सदस्यहरु, राजनैतिक दलका प्रतिनिधी, शिक्षक, पत्रकार तथा स्थानिय बासीहरुको उपस्थितिमा नागरीक सुनुवाई कार्यक्रम भएको थियो। 
कार्यक्रममा नागरीक सुनुवाई संगै अन्तरक्रिया समेत भएको थियो भने सहभागीहरुबाट आएको गुनासो संगै उठेका प्रश्नहरुको बिषयमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी कार्याकय इलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ सम्बोधन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता