इलामको देउमाईमा साहित्य तथा पर्यटन महोत्सव


मंगलबारे१२ चैतः इलामको पर्यटनमा टेवा पु¥याउने उद्देश्यले  “देउमाई साहित्य तथा पर्यटन महोत्सव २०७५ ” देउमाई नगरपालिकामा  हुने भएको छ ।  चैत्र २३ र २४ राष्ट्रिय स्तरका साहित्यकार, कलाकार, लेखक, समालोचक तथा युवा नेताहरु साहित्यिक मन्थनको लागि इलाम मंगलबारे बजारको नागिडाँडामा हुने महोत्सवमा सहभागि हुने भएका छन् ।
महोत्सवमा प्रदिप गिरी, अभि सुवेदी, योगेश भट्टराई, प्रदीप पौडेल, नारायण वाग्ले, दयाहाङ राई, बिष्णु निष्ठुरी, वसन्त बस्नेत, टिकाराम यात्री, मनो मञ्जील, सिमा आभास, मुनाराज शेर्मा, लगायत प्रदेश १ का हरेक जिल्लाका नाम चलेका सहित्यकारहरु सहभागि हुने आयोजक संस्था “समाजक लागि युवा” का अध्यक्ष मोतीराम गौतमले बताए ।  २३ गते हुने उद्घाटन सत्रमा त्यस क्षेत्रका सांसद तथा पूर्व सभामुख सुवाषचन्द्र नेम्वाङका साथै स्थानीय सभासदहरु समेतको उपस्थिति रहने आयोजनले जनाएको छ ।       
“समाजक लागि युवा“ नामक संस्थाको आयोजनामा हुन लागेको महोत्सवको मुख्य सहयोगीमा देउमाई नगरपालिका,  प्रदेश १ सरकार तथा प्रवर्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको छ । साथै नेपाल प्रज्ञा प्रतिष्ठानसमेत सहयोगी संस्थाको रुपमा रहने बताइएको छ । साहित्यको उर्भरभूमिको रुपमा रहेको इलाममा पर्यटकको मन लोभ्याउने धेरै स्थान छन् । विगतमा पनि थुप्रै साहित्यकारले इलाम भ्रमण गर्दा इलामको प्राकृतिक सौन्दर्यताको बयान गर्दै साहित्य सिर्जना गरेको उदाहरण पाइन्छ । इलाम जिल्लाको देउमाई नगरपालिकास्थित मंगलबारे बजारको शिरमा रहेको नागिडाँडामा हुने महोत्सवमा सहभागि हुने अतिथिहरुले इलामको पश्चिमी भेगको सौन्दर्यलाई नयाँ ढंगले अवलोकन गर्न सक्ने आयोजनकको दाबी छ ।
इलामको पश्चिमी भेग (देउमाई क्षेत्र)का ओझेलमा परेका क्षेत्र नागिडाँडा, गुफाथुक्की, पानीटारको सुन्दर चियावगान,  सबै धर्मकी आस्थाकी देवी गजुरमुखी, सिद्धिथुम्का, जट्टेश्वर महादेव, नागेश्वरी, कुहिभिर लगायत क्षेत्रको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी पर्यटकलाई थप ज्ञान हासिल हुने आयोजनाको मुख्य उदेश्य रहेको बताइएको छ । स्थानीयको उल्लेख सहभागितामा यी मुख्य क्षेत्रबाट  मार्चपास गर्ने कार्यक्रमसमेत रहेको छ ।
दुई दिनसम्म चल्ने महोत्सवमा साहित्य समीक्षा, सफल व्यक्तिका सर्घषका कथा, दश बर्ष पछिको देउमाई क्षेत्र, कविता वाचन, नेपाली भाषामा स्थानीय भाषाको प्रभाव,  युवा र अवको नेतृत्व लगायत विषयमा छलफल आयोजकले बताएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ । कार्यक्रममा विभिन्न जातजातिका झाँकी समेतको प्रस्तुति रहने बताइएको छ । महोत्सवस्थलमा  स्थानीय  खानाको स्टल समेत राखिनेछ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता