
१२ चैत्र देउमाइ : देउमाइ नगरपालिका नौ लिङ्दिङ्ममा आज बिहानको चट्याङ्ले एकजना घाइते भएका छन। लिङ्दिङ्का ५० बर्षिय अमर ब गिरि लाई चट्याङ्को कारणले हात खुट्टा नचल्ने, निदाउने,पोल्ने लगायतका समस्या भएपछि उपचारका लागि बिर्तामोड लगिएको छ, तर शरिरमा बाहिरी चोट भने नदेखिएको बताइएको छ। चट्याङका कारण उक्त क्षेत्रका ७ वटा घर र त्रिभुवन आधारभुत बिद्यालयको बिद्युत मिटर बक्स र कालो तार हरु जलेको प्रहरी चौकी जितपुरले जनाएको छ।