दिल्ली र चेन्नाइको खेलमा आज प्लेईङ–११ मा सन्दिप पर्लान त ?

इलाम, १२ चैतः इण्डियन प्रिमिएर लिग  (आइपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच नेपाली समय अनुसार ८ः१५ बजे दिल्लीको कोट्लामा खेल हुँदैछ । पहिलो खेलमा दुवै टिमले  नतिजा आफ्नो पक्षमा पारेका थिए । रिसब पन्तको उत्कृष्ट प्रदर्शनमा पहिलो खेलमा मुम्बई इन्यिन्डसविरुद्ध ३७ रनको जित निकालेको दिल्ली यही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । भातिय पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाइले पनि पहिलो खेलमा रोयल च्यालेन्जर बेंलोरलाई  ६ विकेटले हराएको थियो ।
पहिलो खेलमा नेपालका सन्दीप लामिछाने प्लेइङ–११ मा अटाएका थिएनन् । आइपिएलको नियम अनुसार ४ विदेशी खेलाडीको स्थानमा दक्षिण अफ्रिकाका कोलीन इनग्राम र कंगिसो रोबडा तथा न्युजरल्यण्डका ट्रेन्ट बोल्ट र वेष्ट इन्डिजका किमो पोउललाई दिल्लीले खेलाएको थियो । मुवाईको वाङखेडेमा भएको खेलमा स्पीनरको जादु नचल्लने भए पछि सन्दीपलाई टोलीमा समावेस नगरेको हुन सक्छ । 
भारतिय तिव्र गतिका बलर अवेश खानले राम्रो प्रदर्शन गरे मात्र सन्दिप टोलीमा पर्ने सम्भावना देखिन्छ । नेपाली क्रिकेटको भविष्य मानिएका सन्दिप लामिछानेलाई दिल्लीले खालाउनको लागि विदेशी खेलाडीको ठाउँमा खेलाउनु पर्ने भएकाले पनि प्लेईङ–११ मा पर्न असजिलो भएको हो । स्पीनरलाई सपोट गर्ने पिचमा भने सन्दिपलाई खेलाउने सम्भावना धेरै रहेको छ । आज हुने दिल्लीको मैदानमा पनि स्पीनरको जादु नचल्न सक्छ त्यसो भएमा आज पनि सन्दिप टीममा नपर्न सक्छन् । पहिलो खेल खेलेका राहुल तेवेलियाले राम्रो प्रदर्शन गरेकाले पनि स्पीनरको रुपमा उनलाई खेलाउन सक्छ । खेलमा भारतिय तिव्र गतिका बलर भिशेक खान खेलाएमा र विदेशी बलरमा रबडा र बोल्टमा एकजाना मात्र खेल्ने अवस्था आए मात्र सन्दिप लामिछाने टिममा पर्छन । अघिल्लो खेलमा भारतीय बलर इशान शर्माको प्रदर्शन राम्रो भएकाले तिब्र गतिका बलर विदेशी एकजना र दुईजना भारतीय खेलाएमा सन्दिपको आगमन हुन सक्छ ।  
आइपिएलको इतिहासमा चेन्नाई र दिल्लीको भेट १८ पटक भएको छ । १८ पटकको भेटमा १२ पटक चेन्नाई विजय भएको छ भने ६ पटक दिल्ली विजय भएको छ । यि दुई टोलीले गत संस्करणको भेटमा होमगेम जीतेका थिए । 
सवै संस्करणमा समान खेल प्रदर्शन गर्ने चेन्नाई विरुद्धको खेलमा दिल्लीलाई जीत निकाल्न निकै मुस्कील हुने देखिन्छ ।  चेन्नाइ पनि यो संस्करणको दोस्रो खेलमा पनि  पहिलाको लय कायम राख्न चाहान्छ । विश्वका निकै चतुर कप्तान तथा राम्रा फिनिसर मानिने  धोनी पिच र खेलको अवस्था हेरेर परिस्थिति अनुरुप खेलको रणनीति परिर्वन गरेर खेललाई अघि बढाएर आफ्नो पक्षमा पार्न माहिर मानिन्छन् । निकै अनुभवी धोनीको अगाडी दिल्लीका कप्तान श्रेयस आयरले कस्तो रणनीतिमा प्रस्तुत हुने हुन त्यो त हेर्न बाँकी नै छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता