प्रगतिशिल लेखक संघको प्रदेश अध्यक्षमा इलामका डा. दुलाल

इलाम, १२ चैत्रः प्रगतिशिल लेखक संघका प्रदेशको प्रथम अधिवेशनबाट इलामका साहित्यकार डा.देवी क्षेत्री दुलाल निर्वाचित भएका छन् । सुनसरीको धरानमा सम्पन्न अधिवेशनबाट संघको उपाध्यक्षमा भोजपुरकी मुना श्रेष्ठ र सुनसरीका डा।खेम खनाल निर्वाचित भएका छन् ।
यस्तै, संघको सचिवमा इलामकी खिना परियार निर्वाचित भएकी छिन् भने सह–सचिवमा संखुवासभाका राजेन्द्र सर्वहारा र कोषाध्यक्षमा झापाकी विन्दु अधिकारी निर्वाचित भएका छन् । प्रगतिशिल लेखक संघ बामपन्थी लेखकहरूको साझा मोर्चा हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता