वैदेशिक रोजगारको हण्डरबाट फर्किएका गणेश कुखुरा पालनमा

इलाम, ९ चैतः इलाम नगरपालिकाका एक युवाले व्यवसायिक लोकल जातको कुखुरा पालन शुरु गरेका छन् । वैदेशिक रोजगारको क्रममा ८ महिना अघि अनाधिकृत पासपोर्टका कारण युरोपियन मुलुक ग्रीसबाट निर्वासन ९डिर्पोट० भएर फर्केका इलाम नगरपालिका वडा नं। ६ का गणेश ताम्लिङ लिम्बुले लोकल कुखुरा पालन शुरु गरेका हुन । वैदेशिक रोजगारको क्रममा विदेशमा हण्डर खाएर स्वदेश फर्केका गणेश इलाम आएपछि कुनै आयमुलक व्यवसायिक काम गर्ने सोचमा रहेका थिए । लामो समयको सोच र परिवारको सल्लाहले उनी कुखुरा पालन व्यवसाय गर्ने सोचमा पुगि व्यवसाय शुरु गरेका हुन । 
‘विदेशबाट इलाम फर्केर आएपछि केही गरौ गरौं भन्ने मनभरी हुटहुटी भईरह्यो । दिन कटाउन विभिन्न सामाजिक संजालहरुमा मस्त भइरहेको बेला युट्युबमा नेपाल कैं विभिन्न ठाउँहरु विदेशबाट फर्किएकाहरुले व्यवसायिक रुपमा आयमुलक काम गरेको देखेर मलाइ पनि व्यवसाय गर्ने जाँगर चलेको हो ।’– गणेशले चियाबारी दैनिकसँग भने । अहिले गणेशले करिब एक लाख रुपैंयाँबाट शुरु गरेको व्यवसायलाई परिवारको सहयोगबाट बिस्तार गर्दै लैजाने सोचमा रहेका छन् । विदेशमा कमाएको रकम अनुत्पादक काममा खर्च गरिरहेका केही युवाहरुको लागि गणेशले गरेको कार्य उदाहरणीय रहेको उनको टोल छिमेकीहरुको भनाई रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता