आइपीएलः शनिबार देखि शुरु, दिल्ली क्यापिटलबाट पहिलो खेलबाटै सन्दिपलाई अवसर

  • बिनय तिम्सीना

इलाम, ७ चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) शनिबारबाट शुरु हुँदैछ । पहिलो खेल पूर्व भारतीय कप्तान महेन्द्र सिं धोनीको कप्तानीमा रहेको टीम चेन्नाई सुपरकिङ र भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको टीम रोयल च्येलन्जर बैंगलोरबीच हुने छ । 
भारतको आईपील यस अर्थमा पनि विश्वमा प्रख्यात छ जहाँ विश्वका प्रायः सवै क्रिकेट खेल्ने राष्ट्रका राम्रा खेलाडीहरुले खेल्ने गर्दछन् । दिल्लीको दिल्ली क्यापिटलबाट नेपालका स्पीनर बलर सन्दीप लामिछाने पनि खेल्दैछन् ।  गत सिजनमा अन्तिम ३ खेलमा खेल्ने अवसर पाएका सन्दीपले ५ विकेट निकालेका छन् । यो सिजन उनलाई शुरु देखि नै सवै खेल खेलाउने सम्भावना भए पनि टीममा अन्य राम्रा र नाम चलेका स्पीनर भएको कारण अझै पनि उनलाई सवै खेल खेलाउने सन्देह नै छ ।
दिल्लीको खेल भने आईतबार नेपाली समय अनुसार ८ः१५ मा मुम्वाई इन्डीयन्स सँग मुम्वाईमा रहेको छ । टीममा विश्वका राम्रा राम्रा बलरहरु रहेका छन् । भारती युवा ब्याट्समेन श्रेयस आयरको कप्तानीमा रहेको टिममा विश्व क्रिकेटका तेज गतिका वलर ट्रेड वोल्ड, र कंगिरो रवडा, इशान शर्मा जस्ता वलर रहेका छन् भने स्पीनरमा नेपालका सन्दिप लामिछाने, भारतीय स्पीनर अमित मिश्रा, जयन्त यादव राहुल टेवाटीय आदि रहेका छन् । उता अलराउण्डरमा साउथ अफ्रिका क्रिस मोरेस इन्डीयन अलराउण्डर अक्षर पटेल रहेका छन् । गत सिजनमा सन्दिपको ठाउँमा खेलिरहेका अष्ट्रेलीयन खेलाडी ग्रेन म्याक्सोयल यसवर्ष उपलव्ध छैनन् यसोमा सन्दीपलाई मेनेजमेण्ले खेलाउन सक्छ । 
पहिले जस्तै अमित मिश्रा लगातार फेल भएमा सन्दिपलाई सवै खेल  खेलाउन सक्छन् ।सन्दिपले विदेशी भूमीमा धेरै टि–ट्वान्टी लिग खेलेको अनुभवको कारण उनलाई पहिलो खेल बाटनै खेलाउन पनि सक्छ । यसो गरेमा सन्दिपलाई आफ्नो जादु देखाउन सजिलो हुने अनुमान लागउन सकिन्छ तर मुवाईको पिचमा स्पीनरको जादु नचल्न पनि सक्छ उनलार्य अवसर सँगै चुनौती पनि छ । मुवाईमा कप्तान रोहित शर्मा, क्युटन डिकक्, इशन किशन जस्ता विष्फोटक व्याट्समेन रहेका छन् र हार्दिक पाण्डीया, केरन पोलाड, कुनाल पाण्डेया जस्ता लामा लामा छक्का लागाउने अलराउण्डर रहेका छन् । उनीहरु स्पीनरका माहिर खेलाडीहरु हुन । 
यदि चारजना बलरका साथमा क्याटीटल उत्रीएमा पनि उसले दुइजना विदेशी वलर खेलाउने छ जुन वलरहरु ट्रड वोल्ट र कंगिसो रवडाले विश्व क्रिकेटमा सनसनी मचाई रहेका भए पनि दूई तिव्रगतिका बलरमा एकजना मात्र खेलाउन सक्नेछ । दुवै जना तिव्रगतीका वलर भएकाले स्पीनरको रुपमा सन्दिपलाई लिएर मैदनमा उत्रन सक्ने छ । अन्य तिव्रगतीमा भारतीय बलर खेलाउन सक्ने छ ।
सम्भावित प्लेङ लेभेनः क्लीन मुन्रो, पृथ्वी शाँ, शिखर धमन, श्रेयस आयर, कोलिन इन्ग्राम, ऋषव पन्त (विक),  अक्षर पटेल, सन्दिप लामिछाने/अमित मिश्रा,  कंगिसो रबडा/अवेश खान, ट्रेंट बोल्ट, ईशांत शर्माका साथमा उत्रन सक्छ । अवेश खानलाई खेलाएमा अमित मिश्रालाई हटाएर सन्दिप लामिछानेलाई खेलाउने छ । अमित मिश्रा लगातार फलप भईरहेका छन् यसमा सन्दिपले खेल्ने सम्भावन रहेको छ ।  
गत संस्करणमा अलराउण्डर ग्रेन म्याक्सोयल खेलेकाले सन्दिपले अन्तिम तीन खेलमात्र खेले अहिलेको संस्करणमा म्याक्सोयल छैनन् उनको ठाउमा भारतीय अलराण्डर अक्षर पटेल खेल्ने भएकाले पनि क्यापिटलले ४जना विदेशी खेलाडीमा सन्दिपलाई अटाउन सक्ने छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता