इलामको जिर्मलेको सबै टोलमा बिजुली बल्ने

  • गोबिन्द पौडेल

रोङ,  ७ चैत्रः जलश्रोतको दोश्रो ,धनि देश नेपाल र त्यसमा पनि इलामको झापा  र भारतसँग जोडिएको जिर्मलेको नागरिकहरुको बिजुली बाल्ने सपना अहिले आएर पुरा हुने भएको छ ।
बिगतमा पारीपट्टी भारतमा बिजुली बलेको देखेको अनि गाउमा बिजुली बाल्ने इच्छाहुदा नेताको आश्वसन धेरै पाएको कारण कसैले बिजुली ल्यादिने कुरा सुनाउदा पनि नपत्याउने गरेका जिर्मले बासीहरुले स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधिहरुको सक्रियतामा धेरै स्थानमा बिजुली बाली सकेको र वाँकी सबै स्थानमा बिजुली बिस्तारको कार्य अन्तिम चरणमा पुगेपछि गाउबासीहरु  आश्र्चयमा परेका हुन ।
भौगोलिक बनावटले निक्कै बिकट र विकासको पूर्वाधारले समेत पछाडी परेको रोङ गाउपालिकाको वडा नं ६ जिर्मलेमा बिगत दुईदशक अघिदेखी बिजुली बिस्तथारको पहल भएपनि रम्भ्याङ्ग खण्डमा स्थानिय बासीहरुले २०६८ सालमा ५० हजार पैसा तिरेर जडान गरिएको टान्सफर्मर संचालन गराइ  लाथ्रोमा तार टागेर बिजुली बालदै आएको भएपनि  जौबारी खण्डमा जथाभावी पोल र तारहरु छरिएको र सलकपूर खण्डमा झापा वा इलाम कुन भागबाट बिस्तार गर्ने अन्योलको बिच  जंगलमानै तार फैलाउदै छाडीदै गरेको भएपनि स्थानीय निर्वाचन पछि जन प्रतिनिधिहरुको पहलमा सलकपूर र  जौबारी खण्डको तथालिङ्ग अवस्थामा रहेको पोल र तारहरुको ब्यवस्थापन गराइ जौबारीमा २५ के भि जिर्मले २५ के भि र सलकपूरमा १०० के भीको टान्सफर्मर ल्याएर जडानज गरिएको छ ।
जौबारी, जिर्मले र सलकपूरका गत दीपावलीमानै बिजुलीबालिएको थियो  । यसबाट रोङ ६ को साठी प्रतिसत स्थानमा बिजुली बलेको भएपनि कुवापानी, लामीटार खर्कगाउ, फाकफोकटार रामभेडे लयगायतको टोलमा अहिलेपनि बिजुली नबलेकोमा वडाध्यक्षकै पहलमा रामभेडेमा ५० के.भि को एक र कुवापानीमा ५० के। भिको एक गरि दुइबटा टान्सफर्मर ल्याएर जडान गरिसकिएको र अहिले आवश्यक १ सय ७२ वटा पोल र तारकोलागि ठेक्का समेत गरिसकिएपछि यसै आर्थिक बर्ष भित्रनै जिर्मलेको सबै टोलमा बिजुली पुग्ने निश्चित भएको हो ।
 एकै बर्षभित्रमा एउटै वडामा ५वटा टान्सफर्मर जडानगरि सबै टोलमा बिजुली बाल्न कसरी सम्भव रहला भन्ने जिज्ञासामा वडाअध्यक्ष सुवास तामाङ्गले भने ‘मैले चुनावताका नागरिकहरुसग गरेको प्रतिबद्धता थियो, म निरन्तर लागिरहे सायद यो बर्ष मेरो प्रतिबद्धता पुरा हनेछ ।’
 त्यसो त वडा कार्यलयले वडामा कति ठाउमा कति सामान आवश्यक रहेको छ र सबै कामगर्न १ सय ९० बटा पोल चाहिने स्टमिट रहेको छ । यसैबर्ष १ सय ७२ पोल जडान गरेर बाकी रहेका लाथ्रोहरु फेरिने र नपुग अवस्थामा ९ लाख ५० हजार रकम बाकी रहेकोले यस बर्ष जसरी भएपनि वडालाइ उज्जालो बनाउने बताए ।
 कुल ११सय ३२ धर रहेको रोङ ६ को जिर्मलेमा अहिलेसम्म रम्भ्याङ्गमा १ सय ७६ , सलकपूरमा १ सय १७ , जिर्मलेमा ५३ र पाटापुरमा ४६ बटा मिटर जडान गरिएको छ भने यी क्षेत्रहरुमा ५ बटा टान्सफर्मर संचालमा रहेको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता