माईभ्याली गोलडकपः सुनिल खड्काको ह्याट्रीकमा हिमालयन शेर्पा विजयी

इलाम, २७ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको छ । आज प्रतियोगिता अन्तरगत दोस्रो खेल हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकाडेमीलाई ५–१ ले हराउँदै विजयी भएको छ । खेल शुरुभएको पहिलो मिनेटमै हिमालयन शेर्पाका सुनिल खड्काको गोलबाट अग्रता लिएको हिमालयन शेर्पाले खेलको आठौँ मिनेटमा फेरी सुनिलले नै गोल गर्दै अग्रतालाई दोव्वर बनाए खेलको छतिसौँ मिनेटमा विसन गुरुङले गोल गरेर पहिलो हाफको खेलमा हिमालयन शेर्पा तीन शुन्यले अग्रता लियो । दोस्रो हाफको शुरुमा हङकङले खेलमा र्फकने प्रयस ग¥यो दोस्रो हाफको पहिलो मिनेटमै हङकङका समिर लिम्वुले गोल गरे । 
खेलको दोस्रो हाममा हिमालयन शेर्पाका सुनिल खड्काले गोल गर्दै आफ्नो ह्याट्रीक पुरा गरे । हिमालयन शेर्पाका मानबहदुर तामङले गरेको गोल सँगै हिमालयन शेर्पा ५–१ गोलले विजयी बनेको छ । खेलको म्यान अफ द म्याच हिमालयन शेर्पाका सुनिल खड्का घोषित भए ।
 सहिद स्मारक लिगमा हिमालयन शेर्पाले सातौँ स्थानमा आफ्नो यात्रा सकेको थियो । हङकङले भने यो सिजन नेपाल आएर यो दोस्रो खेलमात्र हो । उसले यो भन्दा अगाडी झापा गोल्डकपमा झापा ११ सँग १–० ले हारेको थियो । भोलीको खोल युनाइटेड दार्जिलिङ र नेपाल पुलिस क्लब विच हुने छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता