माईभ्याली गोल्डकपः विभागिय टोली पुलिसलाई पराजित गर्दै दाफिन्स फाइनलमा

इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको पहिलो सेमिफाईनल खेलमा दाफिन्स फुटबल क्लब म्यामारुन विजयी भएको छ । विभागिय टोली नेपाल पुलिसलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको १७ मिनेटमा टीना टीनाको गोलले अग्रता लिएको डाफिन्सले ७१ मिनेटमा गोल थप्दै आफ्नो जीतलाई सुनिश्चित गरेको हो । खेलको पहिलो हाफमा नेपाल पुलिसलाई दाफिन्सले दवावमा राखेको थियो । दोश्रो हाफमा पुलिस खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । पुलिसका खेलाडीहरुले पेनाल्टी एरिया नजिकै पाएको राम्रा अवसरहरु सदुपयोग गर्न सकेनन् । खेलमा दुवै टिमका २÷२ जना खेलाडीले पहेलो कार्ड पाएका थिए ।  प्रतियोगिता अन्र्तगत दोस्रो  सेमीफाइनल खेल हिमालयन शेर्पा र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विच हुने छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता