भारतको इन्टरनेट कसरी भयो विश्वकै सस्तो रु यस्तो छ रहस्य

एजेन्सी । भारत अहिले विश्वकै सस्तो मोबाइल इन्टरनेट सेवा प्रदान गर्ने देशको रुपमा रहेको छ । भारतमा धेरै जसो प्रयोग कर्ताले करिब ११ रुपयाँ भने औसतमा १ जिबी मोबाइल इन्टरनेट डाटा करिब २८ नेपाली रुपैयाँमा प्राप्त गर्छन् । यसबारे बीबीसीले तयार पारेको रिपोर्ट अनुसार भारतमा मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक बनाउँने प्रतिस्पर्धा गरिरहेका कारण प्रयोगकर्ताले कम मूल्यमा इन्टरनेट डाटा प्रयोग गर्न सकिरहेका हुन् ।
भारतको रिलायन्स जियो पछिल्लो दूरसञ्चार सेवाप्रदायक कम्पनीले करिब ३ डलरमा एक महिनाको लागि फोरजी डाटा ४२ जीबी प्रदान गर्छ । जसमध्ये प्रयोगकर्तालाई हरेक दिन १।५ जीबी डेटा मिल्छ । त्यस्तै भारतको एयरटेलले २८ दिनको लागि करिब २।९ डलरमा प्रतिदिन १ जीबी डाटा प्रदान गर्छ ।
सन् २०१६ को सेप्टेम्बरमा निःशुल्क परीक्षण सेवासहित बजारमा आएको जियोले ६ महिनाभित्रै करिब एक करोड ग्राहक बनाएको थियो । दुई वर्षभित्रै जियो २८ करोड प्रयोगकर्ताका साथ भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनिसकेको छ ।
भारतको सेलुलर अपरेटर्स संघका प्रमुख राजन म्याथ्युजले बजारमा अत्यधिक प्रतिस्पर्धाका भएका कारण उपभोक्ताले सस्तो मुल्यमा यो सेवा पाइरहेको बताउनुभएको छ । यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गरियो भने डेटाको मुल्य बढ्न सक्ने उहाँले बताउनु भएको छ । तर भारतपछि रसिया बाहेकका देशमा भने इन्टरनेट शुल्क महंगो मानिन्छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता