व्यवसायिक सचेतना गोष्ठी सम्पन्न


  • सविता पाण्डे 

चैत्र ४ इलामः स्वदेशमा लगानी र प्ररिश्रम गरे स्वरोजगार बन्न सकिने एक कार्यक्रमका सहभागीले बताएका छन । इलाम नगरपालिका  ८ नम्बर वडामा आयोजित  व्यवासायिक सचेतना गोष्ठीको समापनमा बोल्दै उद्यमी दीपा गुरुङले विदेशी भुमिमा पसीना बगाउनु भन्दा आफनै देशमा केही न केही उद्यम गरे राम्रो आम्दामी गर्न सकिने बताइन ।  सरकारले व्यवसाय र उद्यम गर्न खोज्नेलाइ सीप र लगानीको वातावरण बनाउनु पर्नेमा गुरुङले जोड दिइन । अर्का व्यवसायी उमेश महतले उद्यम गर्न चाहानेलाइ सम्भावना धेरै रहेको अनुभव सुनाए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले श्रम , पुँजी , अवसर र वातावरण भए उद्यमबाट रोजगारी सृजना र आर्थिक विकास हुने बताए । व्यसाय सञ्चालन गर्दा गुणस्तरीयतालाई ध्यानमा राख्न जरुरी रहेको भन्दै
बरालले तीनै तहको सरकारले उद्यमशीलता विकासमा ध्यान दिनु पर्ने बताए ।
वडा ८ का अध्यक्ष होम बहादुर बस्नेतले वडामा लक्षित वर्गको लागि  यसअघि  कानुनी सचेतना , बेमौसमी तरकारी उत्पादन सम्बन्धी तालीम  सम्पन्न भएको बताए । वडामा आगामी दिनमा पनि सबै समुदायलाइ समेटेर कार्यक्रमहरु संचालन गर्ने बताए । वडामा आयोजना भएको पाँच दिने तालीममा फरक फरक विषयमा तीन वटा तालीम सम्पन्न भएको छ । तीन वटा तालीममा वडाका १ सय ८० जनाले सहभागीता जनाएको आयोजक जागृति नेपाल इलामका अध्यक्ष नरेन्द्र खड्काले बताए । 
सोमबार सम्पन्न भएको व्यवसायिक सचेतना  गोष्ठीमा उद्यम गर्दै गरेका र उद्यम गर्न खोज्ने २१ जनाको सहभागीता रहेको थियो । इलाम नगरपालिका ८ नम्बर वडाको सहयोगमा जागृति नेपाल संस्थाले गोष्ठीको आयोजना गरेको हो । उद्यमशीलता विकास सम्बधी सचेतनाको सहजीकरण गोपाल पौड्यालले गरेका थिए भने नगरको लघु उद्यमीलाई दिने सेवा सुविधा र उद्यम दर्ता हुनुको महत्वबारे रामकुमार शाहले सहजीकरण गरेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता