माईभ्याली गोलडकपः शुरुवाती अग्रतालाई जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन पराजित

इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ । इलामको ठूलो टुडिखेलमा भएकोखेलमा डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई ३–१ ले हराउँदै  हिमालयन शेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो । 
कप्तान अनिल गुरुङले थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । बिजय धिमालको फ्रिकिकलाई अनिलले भलि गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए । १–० ले पछि परेको ५ मिनेट नवित्दै बिजय श्रेष्ठले खेल बराबरीमा ल्याए । दोश्रो हाफमा समेत थ्रीस्टारमाथी दबाब राखेको हिमालयनले ६८ औ मिनेटमा त्रिवेद गुरुङले अग्रता दिलाए । विसन गुरुङको कर्नर प्रहारलाई त्रिदेवले सोझै जाली चुमाए । खेलको ७३ औ मिनेटमा थ्रीस्टारका बिजय धिमाललाई छलाउँदै  सुनिल खडकाले आफनो टिमलाई ३–१ को जित दिलाए । हिमालयन शेर्पा क्लब हङकङ नेप्लिज फुटबल एकाडेमीलाई ५–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनल पुगको थियो । खेलमा पाएका केही राम्रा अवसरलाई दुवै टिमले सदुपयोग गर्न सकेनन् । 
प्रतियोगिता अन्र्तगत तेस्रो क्वाटरफाइनल खेलमा दाउफिन्स क्यामारुन र शसस्त्र प्रहरी विचको खेल हुने छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता