सुखद बिदाइको प्रतीक्षामा राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर भोला सिलवाल

  • विनय तिम्सिना

इलाम । कुनै समय विराटनगरको मैदानमा हातमा क्रिकेटको ब्याट बोकेर हिड्ने भोला सिलवाल हाल नेपालका चर्चित फुटबल खेलाडी बनेका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट ३९ खेल खेलमा २ गोल गरेका छन् । एक समयका नेपालको राष्ट्रिय टिमको एक भरोसावान् खेलाडीको रुपमा उनले आफ्नो परिचय बनाएका थिए ।
विराटनगरको पुष्पलाल चोकका सिलवाल बाल्यकालमा सहिद रंगशाला नजिकै रहेको अदर्श माविमा पढ्थे । विद्यालय जाँदा रंगशलाबाट जानुपथ्र्यो, जाँदाआउँदा सिनियर दाइहरु खेलेको देख्दा आफू पनि फुटबलर बन्ने चाहना उनीभित्र पलाएर आउथ्यो । त्यसताका उनी विद्यायलयबाट आउँदा जाँदा र बिदाको दिनमा फुटबलभन्दा पनि क्रिकेट धेरै खेल्ने गर्दथे । कुनै समय गाउँमा भएको वडास्तरीय क्रिकेट प्रतियोगिताका ‘म्यान अफ द सिरिज’ सम्म भएका थिए ।

मध्यमवर्गीय परिवारमा जन्मिएका सिलवालसँग क्रिकेटको सामान किन्नका लागि पैसा हुँदैनथ्यो । उनी फुटबल खेल्नका लागि मोजाको बल बनाएर भए पनि खेल्थे । यसले उनमा सानैदेखि राम्रो फुटबल खेल्ने क्षमता निखार्दै ल्याए । उनले कतियौँ पटक खालीखुट्टा धुलोमा मोजको मोजाको बल खेले, त्यो त उनैलाई थाहा होला ।
जब भोला विराटनगरबाट एन्फा एकेडेमीमा छनौट भए, मैदानमा खालीखुट्टा नै खेलेर उनले यु–१२ मा समेत स्थान बनाए । त्यसपछि नै उनी धेरैको नजरमा परे ।
काठमाडौमा अटाउन नसकेका
खाली खुट्टा खेल्न बानी परेका उनलाई काठमाडौँको छनौटमा बुट लगाएर पहिलोपल्ट खेल्दा निकै अप्ठ्यारो भएको स्मरण गर्छन् । सायद सोही कारणले होला उनी त्यहाँ छनौट भएनन् ।
दुई पटकसम्म एन्फाको छनौटमा विराटनगरबाट छानिएर आए पनि काठमाडौँबाट भने फालिएका थिए । उनी फालिए पनि उनले भने फुटबललाई छोडेनन् । सानो छँदासम्म परिवारबाट राम्रो सपोर्ट पाएको भए पनि ठूलो हुँदै जाँदा उनीलाई घरपरिवारबाट समेत बोझ बढ्न थाल्यो । पढाइको विषयमा चिन्ता लिन र पढाइमै ध्यान दिन पारिवारिक दबाव हुन्थ्यो ।
२०५९ सालमा फुटबलमा विराटनगरका क्लबबाट फुटबल खेलेर जीवन धान्न मुस्किल थियो । उनी फुटबल छोडेर गार्मेन्ट फ्याक्ट्रीमा काम गर्न थाले । तर त्यहाँ टिक्न सकेनन् र ३ महिनामै फेरि फुटबलमा फर्किएका थिए ।
मोतिराम स्पोर्टिङदेखि पुलिस क्लबसम्म
सिलवालले शुरुमा विराटनगरको मोतिराम स्पोर्टिङ क्लबबाट व्यावसायिक फुटबल करिअर सुरु गरे । त्यसपछि सम्राट स्पोर्टिङ क्लब हुँदै वि।स। २०६० सालमा काठमाडौँको सी–डिभिजनको क्लब सामाजिक युथ क्लबबाट खेल्न थाले ।
उनको जीवनको टर्निङ प्वाइन्ट भने २०६१ सालमा काठमाडौँमा भएको सनमुन कपबाट भएको हो । काठमाडौँको नेपाल पुलिसको तालिम केन्द्रको खेलमैदानमा भएको सनमुन कपमा उनले पूर्वाञ्चल टिमबाट खेलेका थिए । त्यही समयमा नेपाल पुलिसमा खेलाडी मागिएको थियो । उनी पनि गए र छनोट पनि भए । उनेले वि।स। २०६२ बैशाखमा नेपाल पुलिसबाट डेब्यु गरे । उनी विगत २ वर्षदेखि नेपाल पुलिस टिमको कप्तानी गरिरहेका छन् ।

उनी खेल्न थाले पछि नेपाल पुलिसले ३ पटक सहिद स्मारक लिग जित्यो । त्यो समय पुलिसमा नेपालका चर्चित खेलाडी हरि खड्का पनि थिए । नेपाल पुलिसले २०६३, ०६७ र २०६८ को सहिद स्मारक लिग जितेको थियो । २०६८ सालमा भएको राष्ट्रिय लिगमा पनि नेपाल पुलिसले उपाधि जितेको थियो । नेपाल पुलिसबाट खेल्दा उनले नेपालमा भएका धेरै गोल्डकपको उपाधि हात परेका छन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ मिनेट पछिको कप्तानी
नेपाल पुलिस क्लबबाट खेल खेल्न शुरु गरेपछि तथा खेलमा राम्रो सुधार भएपछि उनलाई राष्ट्रिय टिममा बोलाइएको थियो ।
उनी पछि नेपालको राष्ट्रिय टोलीका मिडफिल्डर बने । एक भरोसावान् खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले राम्रै भूमिका निभाए । नेपालको राष्ट्रिय टिमबाट उनले सन् २००८ मा उत्तर कोरियाविरुद्ध विरुद्धको खेलमा डेब्यु गरे ।
त्यसपछि उनले राष्ट्रिय टोलीबाट बंगलादेश विरुद्धको खेलमा तथा इस्टटिमोर विरुद्धको खेलमा एक–एक गोल गरेका थिए । साथै फिलिपिन्स विरुद्धको खेलमा नियमित कप्तान सागर थापालाई खेल शुरु भएको १७ मिनेट पछि रिप्लेस गरेर नेपालको कप्तानी समेत सम्हालेका थिए । सो खेलमा नेपाल ४–० ले पराजित भएको थियो ।
पारिवारिक पृष्ठभूमि
मोरङमा बुवा विष्णुप्रसाद सिलवाल र आमा तुलासा देवीका चौथो पुत्रको रुपमा जन्मीएका उनका तीन दाजु, एक जना भई र २ जना दिदीहरु छन् ।
सामान्य खान लाउन पुग्ने परिवारमा जन्मिएका उनीले आफ्नो फुटबल जीवनमा परिवारको तर्फबाट धेरै नै सहयोग भएको उनको अनुभव छ । दुई दाजुहरु १ जना व्यापारमा छन् भने भाई नेपाल सरकारको जागिरे छन् । उनी पनि नेपाल प्रहरीका प्रहरी सायक निरीक्षक हुन् । दुई दिदी बहिनीको विवाह भइसकेको छ ।
सम्मानरपुरस्कार
सिलवालले फुटबल खेलकै माध्यमबाट नाम मात्र होइन सम्मान पनि आर्जन गरेका छन् । उनी अखिल नेपालबाट सम्मानित भएका छन् । २०६७ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट पुरस्कृत समेत भभएका सिलवालले २०६८ सालको राष्ट्रिय ए–डिभिजन लिगमा उत्कृट खेलाडीको उपाधि पाए ।
उनी विराटनगरमा २०७१ सालमा भएको गणेशमान सिंह गोल्डकपमा पनि उत्कृट खेलाडी भएका थिए । सन् २०१६ यता राष्ट्रिय टिमबाट खेल नखेलेका सिलवाल अब भने सुखद बिदाइको प्रतिक्षामा रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता