माईभ्याली गोल्डकपः हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै

इलाम, २७ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आजको दोस्रो क्वटरफाइनल खेलामा हिमालयन शेर्पा र थ्रीस्टार क्लब भिड्दै छन् ।
माईभ्याली गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हिमालयन शेर्पा   पहिलो चरणको खेलमा हङकङलाई ५–१ को फराकीलो गोल अन्तरले हराएर बलियो मनोबलका साथ मैदानमा उत्रिने दाउमा छ भने डिफेण्डीङ च्यम्पियन थ्रीस्टार पनि आफ्ना स्टार खेलाडीका साथमा मैदानमा उत्रनछ । सहिद स्मारक लिगमा तेस्रो स्थान हासिल गरेको थ्रिस्टार  र लिगमा सातौँ स्थानमा रहेको हिमालयन शेर्पा विचको खेल हेर्न लायक हुने अनुमान गरिएको छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता