झापा ११ को आरोप प्रति माईभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामको आपत्ती (भिडियो सहित)

माईभ्याली गोल्डकपमा झापा ११ सहभागी हुन नपाएको बिषयमा बिभिन्न संचार माध्यममा आएका भ्रामक समाचारको माईभ्याली फुटवल क्लव र जिल्ला फुटवल संघ इलामले खण्डन गरेको छ । 
बुधबार संघ र क्लबले एक बिज्ञप्ती जारी गर्दै झापा ११ आफनै कारणले माईभ्याली गोल्डकपमा सहभागी हुन नपाएको जनाएको छ । 
झापाको रेडियो भिजनको अनलाईनमा एन्फाका केन्द्रिय सदस्य निरोज खड्गीका कारण झापा ११ माईभ्याली गोल्डकपमा सहभागी बन्न नपाएको भन्ने समाचारको खण्डन गरिएको छ ।
 बिज्ञप्तीमा माईभ्याली फुटवल क्लवले खेलमा सहभागी बन्न कसैलाई नरोकीएको प्रष्ट पार्दै झापा ११ खेलमा सहभागी नबन्नुमा एन्फा केन्द्रिय सदस्य निरोज खड्गीको कुनै हात नरहेको जनाएको छ ।
जिल्ला फुटवल संघ इलामका महासचिव रजत खड्का र माईभ्याली फुटवल क्लब इलामका महासचिव दिनेश काफ्लेद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा झापा ११ ले एन्फा केन्द्रिय सदस्य खड्गीको म्यासेन्जरमा कन्फरमेसन लेटर पठाएको भन्नु नै आधिकारीक नरहेको जनाईएको छ । 
माईभ्याली फुटवल क्लवको इमेल ठेगाना हुँदा हुँदै खड्गीको म्यासेन्जरमा पत्र पठाएका छौ भन्नु नै झापा ११ को कमजोरी छ  बिज्ञप्तीमा भनीएको छ । 
बिज्ञप्तीमा एन्फा केन्द्रिय सदस्य खड्गी माईभ्याली गोल्डकप संघ सम्बन्धीत नरहेको प्रस्ट पार्दै झापा ११ ले खड्गी माथि लगाएका आरोप भ्रामक र कपोल्कल्पीत भएको जनाएको छ । 
माईभ्यालीले आज भन्दा ४ महिना अगाडी नै खेलमा  प्रवेशका लागि पत्राचार गरे पनि समयमा झापा ११ ले पत्राचार नगरेपछि अर्को टिमलाई सहभागीता गराएको जनाएको छ ।  
झापा ११ का अध्यक्ष जलकुमार गुरुङलाई उधृत गर्दै  झापाको भिजन एफएमको अनलाईनमा एन्फाको खेल राजनीतिक चक्कर , एन्फा केन्द्रिय सदस्य खड्गीका कारण झापा ११ सहभागी बन्न नपाएको, आयोजकले निषेध गरेको जस्ता आरोप लगाईएको थियो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता