माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक, फागुन २६ बाट खेल शुरु

इलाम, २२ फाल्गुनः पूर्वी पहाडको प्रतिस्ठित इलाममा सञ्चालन हुने पाचौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ ।
आयोजक माईभ्याली फूटबल क्लबले बुधबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरेर  खेल तालिका सार्वजनिक गरेको हो । खेल २६ फागुनदेखि ५ चैतसम्म सञ्चालन हुने पाँचौं संस्करणमा आयोजक सहित नेपालका ए डिभिजनका टीम, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता रहनेछ ।
आयोजक माईभ्याली फुटबल क्लव, नेपालका एडिभिजन क्लवहरु थ्रीस्टार, हिमालय शेर्पा, त्रीभूवन आर्मी, नेपाल पुलीस, एपिएफ र मोफोसलको मेची नेत्रलय झाप रहेका छन् भने विदेशी टीमा युनाइटेड क्लव दार्जिलिङ, भारत, दाउफिन्स क्लव क्यामरुन र नेप्लीज फुटबल एकाडेमी हङकङ रहेका छन् । साविक विजेत मनाङ  र इलामेले मनपाराएको झापा ११ भने यो पटक प्रतियोगितामा समावेस रहेका छैनन् ।
फागुन २६ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत्र  ५ गते हुने छ ।
विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप माइभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता