माईभ्याली गोलडकपः हङकङ र हिमालयन शेर्पा भिड्दै

इलाम, २७ इलाम, पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको छ । आज प्रतियोगिता अन्तरगत दोस्रो खेल हिमालयन शेर्पा र विदेशी टोली हङकङ नेप्लीज फुटबल एकाडेमी विच हुने छ । सहिद स्मारक लिगमा हिमालयन शेर्पाले सातौँ स्थानमा आफ्नो यात्रा सकेको थियो । हङकङले भने यो सिजन नेपाल आएर यो दोस्रो खेलमात्र हो उसले यो भन्दा अगाडी झापा गोल्डकपमा झापा ११ सँग १–० ले हारेको थियो ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप  पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

माइभ्याली फुटबल क्लब र युनाइटेड देर्जिलिङ विच भएकोखेलको हाईलाईट्स

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता