माईभ्याली गोल्डकप: दाफिन्स विरुद्ध पहिलो जितको खोजीमा पुलिस

इलाम, २ चैत्रः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणको पहिलो सेमीफाइलनमा नेपाल पुलिस क्लब पाहुना टोली क्यामरुनको दाफिन्स फुटबल क्लबसंग उपाधी होडमा प्रवेशका लागी भिडदै छ । 
नेपाली फुटबलको नवप्रवेशी दाफिन्सले २ महिनाको अवधीमा पुलिसलाई ३ पटक पराजित गरिसकेको छ । इलामको मैदानमा दाफिन्स विरुद्ध पुलिस पहिलो जितको खोजीमा हुनेछ । जारी सिजनका ८ प्रतियोगितामा सहभागीता जनाएको दाफिन्सले पोखरा कप, बुढासुव्वा गोल्डकप र तिलोत्तमा गोल्डकप जित्दै उपाधी ह्रयाट्रिक गरेको छ । २१ औ बुढासुव्वा गोल्डकपको सेमीफाइलनमा पुलिसलाई सडनडेथमा हराएको दाफिन्सले सो प्रतियोगिताको उपाधी समेत जित्यो । 
बुटबलमा सम्पन्न २१ औ तिलोत्तमा गोल्डकपको उपाधी भेटमा पुलिस सडनडेथमा नै पराजित बनेको थियो । पोखराको प्रतिष्ठित आहारारा गोल्डकपको १७ औ संस्करणको दाफिन्सले पुलिसलाई तेश्रो पटक हरायो । इलामे मैदानमा सेमीफाइनलभन्दा माथी उक्लन नसकेको पुलिस क्लब दाफिन्सलाई हराउँदै पहिलो पटक फाइलन पुग्ने लक्ष्य राखेको छ । बलिया र अग्ला कदका अफ्रिकी खेलाडीहरु पुलिसका लागी चुनौती बन्ने देखिन्छन । राष्ट्रिय टिमको क्लोज क्याम्प चलिरहेको अवस्थामा पुलिसले आफना मुख्य खेलाडीहरु विना नै दाफिन्स विरुद्ध प्रतिस्पर्धा गदैछ । 
जारी सिजनको पहिलो प्रतियोगिता खप्तड गोल्डकपको उपाधी जितेको पुलिस क्लबले त्यस यता कुनै पनि प्रतियोगिताको उपाधी जित्न सकेको छैन । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।
खेलको प्रत्यक्ष प्रसारण माइपोखरी न्युजको युट्युव च्यानलबाट हुनेछ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता