साफ च्याम्पियनसिप : नेपाल र बंगलादेश भिडदै

इलाम, २ चैत्रः बिराटनगरमा भईरहेका साफ च्याम्पियसिपको समुह चरणको अन्तिम खेलमा आयोजक नेपाल र बंगलादेश आमनेसामने हुँदैछन् । दुवै टिम १ खेल अघि नै सेमीफाइनल पुगेपनि आजको खेललाई प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । यो खेलले फाइनल पुग्ने टिमको समेत निक्यौल गर्न सक्ने सम्भावना छ । आजको खेलको बिजेता बन्ने टोलीले सेमीफाइनलमा समुह बी को उपविजेता बन्ने टोलीसंग फाइनल प्रवेशका लागि भिडनेछ । 
समुह बी को शिर्ष स्थानमा रहेको भारतसंग दुवै टिम सेमीफाइलन भिडन्त गर्न चाहदैनन् । भुटानलाई हराएका दुवै टोली आफनो जितको दाबी गरिरहेका छन । यता समुह बी बाट माल्दिभ्स दुवै खेलमा पराजयपछि घर फर्किएको छ । विगतका नतिजाले पनि नेपालको सेमीफाइलन प्रवेश सहज देखिन्छ । ५ पटकको भिडन्तमा नेपाल बलियो देखिन्छ । सन २०१० को पहिलो साफमा ३–० ले बिजयी बनेको नेपाल २०१४ को तेश्रो साफमा १–० ले बिजयी बन्यो । त्यसैगरी महिला फुटबललाई समावेश गरिएको दुवै सागमा नेपाली टिम बंगलादेशमाथी क्रमश ३–० र १–० गोल अन्तरले हाबी छ । 
गत नोभेम्बरमा भएको ओलम्पिक छनौटमा भने दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । गोल अन्तरको आधारमा अगाडी रहेको नेपाललाई आजको खेलमा  बराबरी मात्र पनि पर्याप्त हुन्छ भने बंगलादेशलाई २ गोल अन्तरको जित आवश्यक देखिन्छ । सन २०१६ को चौथो साफमा भारतसंग बंगलादेशको बराबरीको मुल्य नेपालल चुकाउनुपरेको थियो । 
बराबरीको नतिजाले गोल अन्तरका आधारमा बंगलादेश समुह बिजेता बन्दै सेमीफाइनल पुग्दा अर्को समुहको बिजेता नेपालले पहिलो पटक भारत विरुद्ध सेमीफाइनल खेल्यो । लगातार ३ संस्करण भारतसंग फाइनलमा हारेको नेपाल गत संस्करणमा भने सेमीफाइनलबाटै बाहिरियो । ९ बर्षे अवधीमा बंगलादेशको पोष्टमा नेपालले ९ गोल गर्दा १ गोल मात्र व्यर्होन पुगेको थियो । घरेलु मैदानको नेपालले पुर्ण उपयोग गर्न छ भने नेपाललाई हराउँदै बंगलादेश फर्ममा रहेको प्रमाणित गर्न चाहन्छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता