काँक्रा खेतीको तैयरीमा किसानः प्रविधिक सहयोग नपाएको गुनासो

  • गोबिन्द पौडेल 

रोङ, २३ फाल्गुनः बिगतका वर्षमा अत्याधिक काँक्रा उत्पादन गरेर आम्दामी र चर्चा कमाएका रोङ ६ जिर्मलेका किसानहरु यस बर्ष पनि काँक्रा खेतीको तैयारी गर्न थालेका छन् । खेतीको तयारी भइरहेपनि हालसम्म कनै निकायबाट सहयोग पाएका  छैनन् । 
माघको दोश्रो सातादेखी फागुनको दोश्रो साता सम्म बिउ राखेर बेर्ना तयारपारी मौसमको अवस्थाअनुसार फागुन चैत्रमा बेर्ना सारिने गरेको काक्रा खेतीको लागि बेर्ना तयार हुदानहुदा बासको माज बनाइने गरेको छ । यसले गर्दा पनि किसानले अहिले माजको तैयारी सकेका हुन् ।
किसानले फागुन चैत्रमा रोपेको काक्रोले जेठ महिनाबाट आम्दामी दिने भएपपनि बिगत केही बर्षदेखी काँक्रा खेतीमा समस्या देखिन थालेको छ । नर्सरी गरेको बिरुवानै ओएलाएर मर्ने गरेको रोङ ६ का  किसान सोम चाम्लिङ्गको रहेको छ ।  नर्सरीमा मात्र हैन काक्राको बोटमा रोग देख्न थालिएको र रोगले पोहोरको साल उत्पादन ह्वात्तै घटेकोअहिले सम्म किसानहरुले कहि कतैबाट प्रबिधिक सहयोग नपाएका अर्का पिकसान शंखर घिमिरेको गुनासो रहेको छ । किसानले काँक्रा रोपेर फुल्न थालेपछि पात पहेलिने र कक्रिएको जस्तो भएर रोगिने र उत्पादन कम हुने समस्यामा रहेको भएपिन हालसम्म के भएको हो भनेर किसानहरुले  थाहा नपाएको र कुनै निकायबाट प्रबिधिक सेवा समेत नपाएका ेकिसानहरुको गुनासो रहेको छ । 
 बिकेन्द्रीकरण अनुसार स्थानिय निकायमा नै जिल्ला कृषि कार्यलयको काम र बजेट आएको भएपनि हालसम्मा किसानले केही नयापन देखेका छैनन्  न त कुनै सहयोगनै । नया संरचना र नया कार्ययोजना सहित जानुपर्ने भएकोले पनि किसानहरुको समस्या ओझेलमा परेको हो । बिगतको बर्षदेखीनै यस्ता समस्या भोग्दै आएका किसानहरुले पहिलादेखी नै गुनासो राख्दै आएका थिए । तर सहयोगको बचन पाएपनि हालसम्म केही नभएको रोङ ६ का किसान इन्द्र प्रधानले बताए । यस बारेमा वडा कार्यलयमा कार्यरत कृषि प्राबिधिक मोहन अधिकारीसग जिज्ञासा राख्दा आफुले स्थलगत  रुपमा किसानको बारीमा गएर सहयोग गर्ने बताए । 
बिगत  आठ दशबर्ष अघिदेखी ब्यवासहिक रुपमा उत्पादन गर्न थालिएको स्थानिय जातको कालो काक्रो  हरेक बर्ष एक किसानले लाखौ रुपैया भित्राउन सफल रहेको छन् । 
 रोङ ६ को रम्भ्याङमा उत्याधिक मात्रामा उत्पादन हुने गरेको काक्राँ झापाको बाहुण्डागी ,काकडभिट्टा ,चारआली र भारतको नक्सालबाडी सम्म लगेर बेचिने गरेको छन् । गर्मीको समयमा तराइका बजारहरुमा  अत्याधिक माग हुन गरेको  र बजारको समस्या नहुनाले किसानहरुमा यस खेतीको आर्कषण रहेको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता