सिम्लेभिर दुर्घटना अवडेटः घाईतेको नामावली सहित

इलाम, इलामको मेची राजमार्ग खण्डको सिम्ले भिरमा गाडी दुर्घटना भएको छ । इलाम नगरपालिका ४ सिम्लेमा झापबाट ताप्लेजुङ जाँदै गरेको बा १ झ ९८९८ नं.को सडक विभाग ताप्लेजुङको निसान जिप ब्रेक फेलभई दुर्घटनामा परेको हो । 
दुर्घटनामा परि ५ जना घाईते भएका छन् भने २ जनाको अवस्था गम्भिर रहेको  छ । घाइते हुनेमा तप्लेजुङ फुङलिङ  ५ बस्ने बर्ष ७४ धनमाया लिम्बु र तेह्रथुमकी जानुका योङहाङको अवस्था गम्भिर रहेको छ भने अन्य ३ जना  नुवाकोट ककनी ५ वस्ने वर्ष  १८ को जंग तामाङ,  सोही ठाउँ वस्ने सवारीचाल रितिक लामा र  ताप्लेजुङ लेलेप । २ बस्ने बर्ष ४५ का पेम्बा शेर्पा घाइते रहेका छन् । घाईतेहरुका इलाम अस्पतालमा उपचार पछि थप उपचारको लागि विर्तामोडको बी एण्ड सी अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता