साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल चौथो पटक फाइलनमा


  • नमीन ढकाल

विराटनगर : श्रीलंकालाई पराजित गर्दै नेपाल पाँचौ साफको फाइनल प्रवृेश गरेको छ । शहिद रंगशाला विराटनगरमा सम्पन्न पहिलो सेमीफाइनलमा श्रीलंकाको चुनौती ४–० ले हराउँदै नेपाल चौथो पटक फाइनल प्रवेश गरेको हो । 
नेपालको जितमा पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरे । पहिलो हाफको ४२ औ मिनेटमा पुनमको गोलबाट अग्रता बनाएको नेपालले दोश्रो हाफमा ३ गोल थप्यो । ७३ औ मिनेटमा अनित बस्नेतले गोल गर्दै अग्रता दोव्बर बनाइन । खेलमा पछि परेको श्रीलंकाले ८३ औ मिनेटमा तेश्रो गोल व्यर्होयो ।
 सावित्रा भण्डारीको हेडर प्रहारले जाली चुमेपछि नेपालले ३–० को अग्रता बनाएको हो । २ मिनेट लगतै कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी रेखा पौडेलले गोल गर्दै नेपालललाई जित दिलाइन । खेलमा अधिकाँश समय नेपालले  नियन्त्रणमा राखेको थियो । प्रतियोगिता अन्र्तगत दोश्रो सेमीफाइनलमा डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेशको सामना गर्नेछ । भारत र बंगलादेश गत संस्करणको समुह चरण र फाइनलमा भिडेका थिए । 
खेलपछि प्रतिक्रिया दिँदै श्रीलंकाका प्रशिक्षक रोहन तिलक एलपोन्सेले नतिजाबाट सन्तुष्ट भएको प्रतिक्रिया दिए । उनले नेपाल र भारत अन्य टिमभन्दा माथीको श्रेणीको भएकाले पराजित हुनुपरेको बताए । यता नेपालका प्रशिक्षक हरि खडकाले पहिलो हाफमा श्रीलंकाको रक्षात्मक खेल चिर्न असहज बताए । दोश्रो हाफमा श्रीलंकाको रणनितीलाई चिर्दै गोल निस्किएको उनले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता