इलाम, ६ चैत्रः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदाय प्रहरी पालिका समिति र इलाम नगरपालिकाको आयोजनामा इलाम नगरपालिका वडा नं. १ साखेजुङको वडा कार्यालयको सभाहलमा बुधबार सम्पन्न भएको छ ।
उक्त वडाका वडा सदस्य एंव इलाम नगर कार्यपालिकाका सदस्य चित्रमाया तामाङ (गुरूङ)को अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईको प्रमुख आतिथ्यता तथा इलाम नगरपालिकाका स्थास्थ्य सहसंयोजक रमन्ता पौडेल लगायत स्थानिय मानिसहरु एवं अपाङ्गाता भएका ब्यक्तिहरुमाझ “अपाङ्गकता भएका ब्यक्तिहरुसँग प्रहरी” कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु माथि हुने हिंसा, दुर्ब्यवहार, सार्वजनिक सवारीमा भोग्नु परेको सास्ति, ट्राफिक सचेतना एवं नेपाल सरकारले अपाङ्गयता भएका ब्यक्तिहरुलाई प्रदान गर्दै आई रहेको सेवा सुबिधा र विद्यमान कानुनी ब्यवस्था बारे नेपाल प्रहरी बाट प्रशिक्षण प्रदान एवं अन्तरक्रिया भएको थियो भने सोही कार्यक्रममा होली बिशेष भएकोले एक आपसमा शुभकामना आदान प्रदान गरीएको थियो।