बरफल्याङ्गमा केराबाट परिकार बनाउने तालिम


  • गोबिन्द पौडेल 

रोङ  ६ चैत्र: इलामको रोङगाउपालिका २ बरफल्याङ्गमा केराबाट परिकार बनाउने तालिम आज समापन भएको छ ।
 घरेलु तथा साना उद्योग इलाम र वडा स्तरिय महिला समुहाको आयोजना, पिरामिड टेक्निकल इलामको सहआयोजना र रोङ गाउँपालिकाको सहयोगमा  महिला सशक्तिकरणको कार्यक्रम अनुसार   महिलाहरुलाई ब्यवसायिक बनाउदै स्वरोजगार र आत्मा निर्भर बनाउने उद्देश्यकोसाथ गत फागुन २८ गतेबाट आजसम्म चलेको  तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण याम अधिकारी र बिकास राईले गरेका थिए ।
प्रसस्त मात्रामा केराको खेती रहेको सो क्षेत्रमा यसअघि केराको फल र पातको घासमात्रको लागि प्रयोग गरिने गरेकोमा केराको पात, जरा गाना फल बुङ्गो र फल को भेट्नोबाट पचास भन्दा बढी परिकार बनाएन सकिने भएपछि सो तालिमको आयोजना गरिएको हो । केराबाट तरकारी, अचार,समोसा मःम,चिप्स, निम्की,पकोडा ,चप , मिटबल, जुस, वाइन, ब्राण्डी,रोटी लगायत चारदर्जन बढी परिकार बनाउन सकिन भएपनि छोटो समयमा ९ वटा परिकार प्रयोगात्मक रुपमा पनि गरिएको वडाध्यक्ष टेक बहादुर तामाङ्गले बताए ।
आफुहरुले पनि सुनेको मात्र तर नदेखेको र नचाखेको परिकारहरु सहजै बनाउन सकिने रहेकोले भोज भत्तेर शुभ र अशुभ कार्यहरुमा समेत मिठो र सस्तो परिकार हुने र ब्यवसाहिक रुपमा समेत इलाममानै नया परिकार रहन सक्ने संभावना रहेको आयोजम महिला संजाल रोङका कमला कट्टेलले बताए ।
 सन् २००२ देखी २००६ सम्म रोजगारी खोज्दै मलेसिया बसेका र त्यहावाट फर्किएपछि आफ्नै गाउ रोङ ६ को सलकपूरम अलैची खेती र अलैची नर्सरी उद्योग संचालन गरेर बसेका सफल किसान  तथा उक्त तालिमको  प्रशिक्षक भरखरै मात्रै  कैलालीको टिकापुरमा रहेको बनाना रेस्टुरेन्टमा सातदिने तालिम लिएर फर्किएर आएपछि का रोङ ६ को सलकपूरमा  नै बनना रेस्टुरान्ट चलाउने तैयारीमा लागेका बताउछन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता