इलाममा होली धुमधामका साथ मनाईयो (फोटोफिचर)

इलाम ६ चैत्रः  इलाम लगायत पूर्वी पहाडी जिल्लामा होलीको रौनक बिहीबार बिहानैदेखि बजार तथा टोलटोलमा देखियो । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व बिहीबार पहाडी एवम् हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको हो ।  
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देशका रुपमा मनाइने फागु पर्व यस वर्ष पहाडमा बिहिबार र तराईमा आज शुक्रबार मनाइँदै छ । रङै–रङको पर्वका रुपमा परिचित होली परम्परागत रूपमा मनाइने गरिन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्न नहुने इलामका स्थानीयबासी बताउँछन् । ब्यापारी केशव खनालले यस पर्वलाई सांस्कृतिक रुपमा मनाउनु पर्ने बताए । त्यस्तै सन्तोस शंकरले पर्वमा अनाधिकृत कार्य रोक्नु पर्ने विचार ब्यक्त गरे ।  
यो पर्व सुरु हुनु अघि देखि नै यस सम्बन्धी वस्तुहरुको बिक्री समेत बढेको छ । यो पर्व सुरु हुनु अघि देखि नै यस सम्बन्धी वस्तुहरुको बिक्री समेत बढेको छ । ‘ह्याप्पी होली’ लेखिएका टिसर्ट, रङ र पानी सहित रङ लगाउने (पिच्करी) खेलौनाको कारोवार बढेको ब्यापारी दिपन्द्र पौडेलले बताए । बिहीबार पर्वका अवसरमा पहाडी र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा समेत दिइएकोले विद्यालय छुट्टी भएकाले साना साना विद्यार्थीहरु समेत होलीमा रमाइलो गर्न विद्यालय प्राङ्गण, चोक–चोक र गल्ली–गल्लीहरुमा भेला भएर एक आपसमा रङ दल्दै यो पर्व मनाए ।
सम्पुर्ण तस्वीर माइपोरी न्युजकालागि मौसम किशोरले क्लीक गरेका हुन ।
होलीको भिडियो यहाँ हेर्नुहोस










प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता