सामाजीक सञ्जाल मार्फत सञ्चालित अभियानले चमैतामा गुडायो एम्बुलेन्स


  • बिमल अधिकारी 

देउमाइ, ७ चैत्रः चमैतामा एम्बुलेन्स को उदघाटन भइ सञ्चालन शुरुवात भएको छ। विभिन्न सामाजिक सञ्जाल मार्फत  ‘जन्मभूमिको सेवा, विकासमा टेवा’ नामक अभियानबाट संकलित रकमले इलामको देउमाई नगरपालिका १  चमैतामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । 
‘चमैता सरोकार समाज’ नामक सामाजिक कार्यमा समर्पित सस्थाले चमैतामा जन्मेर वैदेशिक रोजगारमा रहेका,नेपालकै विभिन्न अन्य ठाउमा रहेका  र चमैता मै  रहेकाहरुले  सामाजिक सञ्जालमार्फत आर्थिक संकलनको  अभियान चलाइ एम्बुलेन्स सञ्चालन गरिएको बताइएको छ।
नौमती बाजा सहित स्थानीय बासिको बेजोड उपस्थितिमा देउमाइ नगरप्रमुख सुर्य पोख्रेलबाट बुधबार एम्बुलेन्सको औपचारिक उदघाटन गरिएको थियो। कार्यक्रममा देउमाई नगरपालिका विभिन्न वडाका वडाध्यक्षहरुको पनि उपस्थिती रहेको थियो भने फिदिम नगरपालिका बडा नम्बर चारका वडा अध्यक्ष प्रकाश गुरुङको समेत उपस्थिति रहको थियो ।कार्यक्रममा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।
एम्बुलेन्स उद्घाटन गर्दै मेयर पोखरेलले गाउँमा एम्बुलेन्स सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै चमैतालाई माया गरी यस अभियानलाई सफल बनाउने सवैलाई धन्यवाद व्यक्त गरे । 
अभियान सञ्चालन गर्ने ‘चमैता सरोकार समाज’ लाई आगामी दिनमा यस्तै अन्य सामाजिक सुधार र विकासका कार्यक्रमहरु गाउँमा ल्याउने हो भने नगरपालिकाले सँधै सहयोग गर्ने र त्यस्ता योजनाहरुमा नगरपालिकाले साझेदारी गर्न पनि तयार रहेको बताए ।
एम्बुलेन्स खरिद गरेर अझै लगभग चार लाख सहयोग रकम सस्थामा रहेको र त्यो रकममा पनि अरु थप गरि शिक्षा, पर्यटनलगायतका क्षेत्रहरुमा लगाउने  साथै चमैतामा तत्कालै आफ्नै संस्थाको भवन निर्माण गर्ने योजना रहेको चमैता सरोकार समाजका अध्यक्ष मन बहादुर गुरुङ बताउँछन् ।  चमैता सरोकार समाज उप समितिका अध्यक्ष अर्जुन वस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रको सन्चालन सह–सचिव देवेन्द्र प्रकाश राईले गरेको बताइएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता