माइभ्याली फुटबल क्लबले दियो अनाथलयको भवनको सटिङको लागि बाँस

इलाम, ७ चैत्र, इलाममा रहेको माइभ्याली फुटबल क्लबले भर्खरै आयोजन गरेको माइभ्याली गोल्डकमा प्यारा पिट बनाउन प्रयोग भएको बाँस अनाथलयको भवन निमार्णमा प्रयोग हुने सटिङको लागि सौजन्य गरेको छ । इलामको गोलाखर्कका रहेको राहसल बाल अनाथलयको भवन निमार्ण भईरहको र सटिङको लागि बाँसको अभाव भए पछि माइभ्याली फुटबल क्लबले आफुसँग भएको बाँसको सहयोग गरेको हो । 
१०० घनाको हाराहारीमा माइभ्याली फुटबल क्लबले बाँस सहयोग गरेको क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए । अनथालयमा भवनको अभाव भए पछि चन्द्र राईको अध्यक्षतामा स्रोत व्यवस्थापन समिति निर्माण गरि सहयोग मार्फत भवन निर्माण भई रहेको छ । अहिले भूँईतलाको ढलान सकिएर पिलरको काम भई रहेको छ । इलाममा रहेको नेपाली सेनाको गर्ण पशुपति प्रसाद गणले पनि दैनिक ९ देखि ५ जनाको टोलीले निमार्ण कार्यामासहयोग गरिरहेको पनि संयोजक राईले वताए । अहिले पनि भवन निर्माणको लागि लाग्ने सवै रकम जम्मा भई नसकेको र सहयोगी मनहरु सँग उठाउने काम भईरहेको पनि राईले वताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता