इलामको सूर्योदयमा उद्घोषण एवम् महिला उद्यमशीलता विकास तालिम सम्पन्न

  • भवना न्यौपाने

फिक्कल,  ९ इलामः इलामको सूर्योदय नगरपालिका  ९ का महिलाहरुको लागि १० दिने नेतृत्व विकास तथा उद्घोषण एब महिला उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ  ।
फागुन २७ गते देखि शुरु भएको तालिममा ७ दिन सम्म महिला उधमशिल्ता विकास तालिम सम्पन्न भएको छ । यस्तै गत चैत्र ६ गते बाट जारी तीन दिने उद्घोषण तथा क्षमता विकास  तालिम समेत सम्पन्न भएको हो । महिलाहरुको चौतर्फी विकासमा टेवा पुराउने उद्देश्यका साथ भएको दुबै तालिममा वडाका २८  जना महिलाहरुले सहभागिता जनाएका थिए ।
चिया विस्तार आयोजनाको सभाहलमा सम्पन्न तालिमको समापन समारोह वडा न ९ का अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्माको अध्यक्षता तथा   सूर्योदयनगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्यता एवं नगरका उपप्रमुख दुर्गादेवी भट्टराई र प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलको विशेष आतिथ्यतामा भएको कार्यक्रममा घरेलु तथा साना उधोग विकास कार्यलय इलामका प्रमुख सत्यनारायण राई, चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारी, कार्यपालिका सदस्य नरमाया सुब्बा  वडा न ९ का वडा सदस्य जय राई, मान बहादुर लेप्चा, हिरा मोहरा , वडा न ९ का वडा सचिव टंक राई सञ्चारकर्मी तथा उद्घोषण  तालिमका प्रशिक्षक राज कुमार दहाल  लगायत सहभागि महिलाहरुको उपस्थितिमा भएको हो । 
कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख राईले नगरले उद्यमी तथा आत्मनिर्भर बन्न चाहाने महिला दिदीबहिनीको लागि अझ प्राथमिकता दिने बताउदै समूहमा केही गर्न चाहानेलाई नगरले १० लाख सम्म बिना धितोऋण दिने बताए । वडा न ९ ले उपलब्धि मुलक तालीम दिएको भन्दै वडालाई धन्यवाद समेत दिए  । उपप्रमुख भट्टराईले महिलाहरु हरेक ठाउँमा पछाडि परेको हुदा उद्यमशीलता विकास र उद्घोषण तलिमले महिलाहरुको विकासमा टेवा पु¥याउने प्रस्ट पार्दै महिलाहरुको लागि नगरले कार्यक्रम  ल्याउने र त्यसका लागि महिलाहरु पनि सचेत बन्नु पर्ने बताईन ।
उद्घोषण ताकिमका प्रशिक्षक राज कुमार दहालले समय छोटो भएको भएपनी महिलाहरुमा आत्मविश्वास भर्ने काम गरेको र यसले जीवनका सबै मोडहरुमा प्रगतिपथमा पुग्न साथ दिने भएकोले दुबै तालिम गरेर वडाले उच्च कार्य गरेको भन्दै वडालाई धन्यवाद दिए । कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै रुपा राईले दुबै तालिम प्रभावकारी भएको र उद्घोषणतालिमले कसरी आफनो कुरा बाहिर ल्याउने लगायतको कौशलता आत्मविश्वास प्रदान गरेको र उद्यमशीलता तालिमले उद्यमी बनेर आत्मनिर्भर बन्ने बाटो देखाएको बन्दै यो अवसरको लागि वडालाई धन्यवाद दिईन । उद्घोषण तालिम सहजीकरण पत्रकार दहाल र वडा सदस्य समेत रहेका जय राईले गरेका थिए  । उद्यमशीलता विकास तालिम शक्ति राई र रविन्द्र उरावले दिएका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता