प्याब्सनद्वारा माइपोखरीका आगलागी पीडितलाई ५२ हजार एक सय सहयोग

इलाम, ९ चैत्रः इलामका निजी तथा आवस्य विद्यालयहरुको अर्गनाइजेसन (प्याब्सन) ले माइपोखरीका आगलागी पीडितलाई एकमुष्ट ५२ हजार १ सय  रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
केहि दिन अघि आगलागीबाट माइपोखरीको गेट अगाडी आगलागि भई पीडित बनेकासात घर परिवार र जलेका ४ घरलाई एकमुष्ठ रकम शनीबार हस्तान्तरण गरेको हो ।
विपदमा परेकाहरुलाई  केही राहात मिलोस भन्ने उद्देश्यका साथ सो रकम हस्तान्तरण गरेको प्याब्सनका जिल्ला अध्यक्ष विकास कर्मचार्यले माइपोखरी न्युजलाई बताए । रकम हस्तान्तरण कार्यक्रमा प्याब्सन अध्यक्ष कर्माचार्य लगायत छवि लम्साल, युवराज रिजाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता