आइपीएलः इतिहास बदल्न सकेन बैंगलोरले, चेन्नाईको विजयी शुरुवात

  • बिनय तिम्सीना

इलाम, १० चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल) आज भएको ओपनीङ खेलमा चेन्नाई विजयी भएको छ । पूर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको टीम चेन्नाई सुपरकिङले भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको टीम रोयल च्येलन्जर बैंगलोरलाई ७ विकेटले हराएको हो । बैंगलोरले दिएको दिएको ७१ रनको लक्ष्यलाई २ विकेट गुमाउँदै १७.८ ओभरमा पुरा गरेको हो ।  चेन्नाइको लागि अम्बाती राईडुले ४२ बलमा २ चैका र १ छक्काको मद्दतले २८ रन बनाए, सुरेश रैनाले १९ र केदार जाधवले १३ रन र रबिन्द्र जडेजाले ६ रन बनाए बनाए । 
टस हारेर पहिले व्याटीङ गरेको बेंगलोरले ७० रन बनाउँदै अलआउट भएको छ । आपनर पार्थिव पटेलको सर्वाधिक  २९ रन बाहेक कुनै पनि व्याट्समेनले दोहोरो अंक जोड्न सकेनन् । ओपनिङ जोडीमा कप्तान विराट कोहोली र विकेटकिपर पार्थिव पटेल क्रिजमा आएका थिए । ३.३ ओभरमा १६ रनको ओपनिङ साझेदारी गर्दै कप्तान कोहली १२ वलमा ६ रन बनाउँदै हरभजनको बलमा पवेलीयन फर्किए । कप्तान कोहली आउट भए पछि आएका मोईन अली पनि ९ रन बनाउँदै हरभजनकोनै सिकर बने एबी डी विलियर्स पनि ९ रन बनाउँदै हरभजनकै सिकार बने । त्यसपछि आएका शिमरोन हेट्मेयर २ बल खेल्दै शुन्यमा रन आउट भए । बैंगलोरका शिवम दुवे पनि ५ बल खेल्दै २ रन बनाएर इमरान ताहिरको सिकार बने । काँलिन डी ग्रेडहोम पनि ४ रन बनाउँदै रविन्द्र जटेजाको सिकार बने । नवदिप सैनी २ रन बनाउँदै ताहिरको वलमा आउट भए । युजव्रेन्द्र चहल पनि ४ रन बनाउदै ताहिरको बलमानै आउट भए । उमेश यादव पनि १० बल खेल्दै १ रन बनाएर रविन्द्र जटेजाको सिकार भए । अन्त्यमा पार्थिव पटेल १७ औँ ओभरको पहिलो वलमा ड्रेन ब्राबोको बलमा आउट भए । उनले ३५  बलमा २ चौका लगाउँदै २९ रन बनाए ।  यसरी बैंगलोर ७० रनमा अलआउट भयो । 
बलितर्फ हरभजन सिह र इमरान ताहिरले समान ३/३ विकेट लिए भने रविन्द्र जडेजाले २ विकेट र ड्रेन ब्राबोले १ विकेट लिए ।
बैंगलोरलाई ७० रनमा अलआउट गरेर ७१ रनको लक्ष्य लिएर व्याटीङ गर्न आएको चेन्नाइको पनि शुरुवात राम्रो रहेन तेस्रो ओभरको पहिलो वलमा टीमको ८ रनको स्कोरमा शेन वाट्सन युजब्रेन्द्र चहलको बलमा शुन्यमा आउट भए । खेलको ९.२ ओभरमा सुरेश रैना १९ रन बनाउँदै मोइन अलीको बलमा आउट बने यस दौरान उनले आईपीएलमा ५ हजार रन पुरा गरे । अम्बाती राईडु २८ रन बनाउँदै मोहम्मद सिराजको वलमा आउट भए । बलिङ तर्फ बेंगलोरका बलरले युजबेन्द्र  चहल, मोइन अली र मोहम्मद सिराजले १/१ विकेट लिए ।
आईतबार दुई खेल हुने छन् पहिलो खेल नेपाली समय अनुसार ४ः१५ बजे कोलकता नाइट राईडस र सनराईज हैदारविचको खेल हुने छ भने दोस्रो खेल नेपाली समय अनुसार ८ः१५ बजे नेपाली लेग स्पीन वलर सन्दिप लामिछाने रहेको टीम दिल्ली क्यापिटल र मुवाई इन्डीयन्स विच हुने छ ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता