कुखुरा बोकेको गाडी र तरकारी बोक्ने गाडीमा आगजनी

file photo 
हेटौंडा । प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ । अज्ञात समूहले थाहा नगरमा कुखुरा बोकेको गाडी र भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने गाडीमा आगजनी गरेको हो ।
जिल्ला प्रहरी कार्यलया मकवानपुरका अनुसार पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडीमा तीन जनाको संख्यामा आएका व्यक्तिहरुले गाडी रोकेर आगजनी गरेको हो।
त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ । क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
विप्लवले बन्द आह्वान गरेका हुनाले विप्लव समूहले नै यस्तो गतिविधि गरेको हुन सक्ने प्रहरीको आशंका गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता