तेह्रथुममा आगलागी, एक घर जल्यो, २० लाख बराबरको क्षति

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–२ बिजुलीलाईनमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय पदम भुजेलको घरमा दिउसो २ः३० बजे अचानक लागेको आगोले करिब २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय तेह्रथुमले जनाएको छ ।
आगोले भुजेलको घरमा डेरा बस्ने आठराई गाउपालिका–२ खाम्लालुङकी दिपा लिम्बुको भाडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहना लगायत सम्पुर्ण सामग्री जलेर नष्ट भएको छ ।
घरमा कोही नभएको अवस्थामा आगोलागी भएकाले मानविय क्षति भने नभएको स्थानीय मान बहादुर लिम्बुले बताउनुभयो ।
आगो स्थानीयबासी, नेपाली सेना र प्रहरीको सक्रियतामा करिब दुईघण्टा पछि मात्र नियन्त्रणमा लिएका थिए । सडक हिलाम्मे भएको कारण नगरपालिकाको दमकल आगोलागी भएको स्थलसम्म पुग्न ढिलो भएको चालक पुर्ण खड्काले बताउनुभयो ।
सो घरमा डेरामा बस्दै आउनुभएका लिम्बुलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराएको छ । अग्निपिडितलाई नगद पाँच हजार र दश हजार बराबरको लत्ताकपडा प्रदान गरिएको नगर प्रमुख सञ्जय कुमार तुम्बाहाङफेले बताउनुभयो । घरधनी भुजेल भने लालीगुराँस नगरपालिकाको बसन्तपुर बजारमा केही महिनायता बस्दै आउनु भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता