माइपाखरी आगलागी पिडितलाई रोजगारीका लागि कोरीया गएका इलामेलीको सहयोग

इलाम, ९ बैशाखः इलाम सन्दकपुर गाँपालिकाको रामसार छेत्र माइपोखरीमा गत फाल्गुन ३० गते भएको भीषण आग्लागी पिडितलाई इलामबाट दक्षिण कोरीयमा रोजगारीका लागि गएका इलामेहरुले ३७ हजार सहयोग गरेका छन् । उनीहरुले १४ जनाले सो रकम सहयोग गरेका हुन । 
माइपोखरी आगलागिमा ७ परिवारका ४ घर जलेर नष्ट भएका थिए । रोजगारीका लागि इलामबाट दक्षिण कोरिया गएका  आशिष  बाङ्गदेल राई, धिरोज रुछेन्बुङ्ग राई, मनोज बाङ्गदेल राई, सरु आले बाङ्गदेल, दिल रुङ्गमाहाङ्ग राई, प्रदिप रुम्दाली राई, प्रकाश बहिङ्ग राई, सन्तोष खालिङ्ग राई , इन्द्र सुकिता राई, प्रकाश थेबे, किरण बाहिङ राई, रमेश बाङ्ग्देल राई, धन हादिस खालिङ्ग, मनिष रूङमाहाङ राईले उनीहरुलाई रकम पठाएर सहयोग गरेका हुन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता