नयाँ वर्षको पहिलो बिहानीमै रिजर्भ बस दुर्घटनाः ३ को मृत्यु, ३१ घाइते



सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा रिजर्भ बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
नयाँ वर्षको पहिलो बिहानीमै आज भएको सो दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका अधिकांश सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुर हुन् । 
उनीहरु काठमाडौँबाट बा ३ ख १३१८ नम्बरको सुन्दरीमाई यातायातको बस रिजर्भ गरेर नयाँ वर्षको अवसरमा घर फर्किँदै गर्दा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्सिपेक्टर किरण न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएकाहरु सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका ३१ जनामध्ये ४ जनाको अपस्था गम्भीर रहेको छ, उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ । सामान्य घाईतेहरुको भने लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता