आज बैशाख १२ गते हेर्नुहोस् तपाईको राशीले के भन्दैछ ?

श्रीशालिवाहनीय शकः १९४१,परिधावी नाम संवत्सरे,उत्तर अयने,बसन्त ऋतौ,कृष्ण पक्षे, वि.सं. २०७६ बैशाख १२ गते गुरुवार,षष्ठी तिथौ (ईसवीय सन् अप्रिल २५,२०१९),नेपाल संवत ११३९,नक्षत्रः पूर्वशाढा,करणः वणिज, योगःसिद्धि,चन्द्र राशिः धनु

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — रोकिएका कामहरु सफल बन्न सक्छन् । सम्भावनाहरु खेर जाने छैनन् । विशेष व्यक्तिहरुसँगको भेटले मनमा हर्ष र उमंग थपिएला । 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — आर्थिक दृष्टिकोणले आज तपाँईको दिन शुभ रहेको छ । अढैया शनिको प्रभावले केही हड्डीसम्बन्धी रोगले सताउने देखिन्छ । खानपानमा ध्यान दिनुहोला । 
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — मनोरञ्जनपूर्ण वातावरणमा रमाउन पाउने अवसर प्राप्त होला । भ्रमणको योग पनि रहेको छ । उपलब्धिका लागि केही समय पर्खनु पर्ने देखिन्छ । 
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — समयलाई ध्यान दिन नसक्ता प्रतिस्पर्धीहरुले फाइदा लुट्न सक्छन् । प्रतिष्ठामा बृद्धि होला । गुरुवर्गको सहयोग लाभदायक हुने योग रहेको छ । 
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — बेसुरको बचनले केही कष्ट भोग्नु पर्ने छ । सानातिना काममा अल्झनु पर्ने देखिन्छ  । अध्ययन अध्यापन सफल रहला । 
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — सामान्य भोजको अवसर प्राप्त हुने योग रहेको छ । काममा आंशिक फाइदा लिन सकिनेछ । समयको महत्वलाई ख्याल गर्नु पर्ने देखिन्छ ।  
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — परिवारजनबाट टाढिनुपर्ने वातावरण आउन सक्छ । कृषि र व्यापारमा सामान्य लाभ रहेको छ । आश्वासन बाँढ्नेहरुले झुक्याउन सक्छन् सचेत रहनुहोला । 
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — रकम हातलागी हुने योग रहेको छ । गरेका कामबाट प्रसस्त लाभ होला । अरुको मुख ताक्ने बानीले काममा सामान्य त्रुटि आउन सक्छ । प्रेम प्रसंग सुमधुर होला ।  
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — दाजुभाईमा असमझदारी बढ्नेछ । हिसावकितावमा होसियार रहनुहोला । अध्ययन सोचेजस्तो लाभदायक नबन्न सक्छ । व्यापारमा शुभ संकेत देखिएको छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — कामको चाप बढ्नेछ । मित्रताको बन्धनमा कसिने योग रहेको छ । स्वास्थ्य कमजोर रहनाले सामान्य मात्र लाभ उठाउन सकिनेछ ।  
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — लगनशीलताले गर्दा नयाँ अवसरले पछ्याउन सक्छन् । शुभचिन्तकहरुबाट सहयोग प्राप्त होला । नाम,दाम र प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — धार्मिक र सामाजिक काममा मन जाला । समाजमा गुमेको स्थान प्राप्त गर्न सकिनेछ । बन्धुबान्धव र गुरुजनसँगको आत्मीयता सुमधुर रहला । असल प्रेमपात्र मिल्ने सम्भावना पनि रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता