मिस्टर एण्ड मिस टिन पुर्वान्चलमा तालिम दिन नायिका मरिस्का र डिजाइनर उत्तम बिराटनगरमा

बिराटनगर १२ बैशाखः मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको तालिम सुरु भएको छ । अडिसनबाट छानिएका प्रतियोगीलाई उक्त तालिम सुरु गरिएको हो । मंगलबार आयोजना गरिएको तालिममा फेसन डिजाइनर उत्तम बनेपाली र नायिका मरिस्का पोखरेलले प्रतियोगिलाई तालिम दिएका थिए ।
उनीहरुले यस मोडलिङ क्षेत्रमा लाग्न चाहिने गुणका बारेमा प्रतियोगीसंग अन्तरक्रिया गरेका थिए । बिराटनगरको होटेल नमस्कारमा प्रतियोगीलाई तालिम जारी रहेको छ । दि गोल्ड जिमको आयोजनामा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको दोस्रो सिजन जारी रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता