देउमाई गोल्डकपः मुनाललाई हराउँदै रेडस्टार झापा फाईनलमा प्रवेश

इलाम ११ बैशाखः रेडस्टार फुटबल क्लब झापा देउमाई नगरपालिकाको  मंगलबारेमा जारी चौथो नेपाल आईस देउमाई गोल्डकपको फाईनलमा  प्रवेश गरेको छ । आज भएको खेलमा झापाकै मुनाल क्लबलाई शुन्यका विरुद्ध पाँच गोल गर्दै फाईनलमा प्रवेश गरेको हो । 
शनिबार हुने फाईनल खेलमा बिहीबार हुने रेडहर्ष फुटबल क्लब इलाम र फ्रेन्स  क्लब काठमाण्डौँ विचको विजेता सँगको भेट रेडस्टारले पक्का गरेको हो । 
प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख १४ गते हुने छ ।  
प्रतियोगिताको विजेताले २ लाख २२ हजार २सय वाईस रुपयाँ र उपविजेताले १ लाख ११ हजार एकसय एघार रुपयाँ पाउने छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता