आज शनिबार हेर्नुहोस् तपाईको आजको राशिफल


श्रीशालिवाहनीय शकः १९४१,परिधावी नाम संवत्सरे,उत्तर अयने,बसन्त ऋतौ,कृष्ण पक्षे, वि.सं. २०७६ बैशाख १४ गते शनिबार,अष्टमी तिथौ (ईसवीय सन् अप्रिल २७,२०१९),नेपाल संवत ११३९,नक्षत्रः श्रवण,करणः कौलव, योगःशुभ,चन्द्र राशिः मकर

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) — अध्ययनमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । मन प्रफुल्ल रहला । 

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) — भौतिक क्षेत्रमा ध्यान जाला । असल प्रेमपात्र मिल्ने सम्भावना रहेको छ । वाहन सुख मिल्नेछ ।  

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) — काम गर्दा अपयसको सामना गर्नु पर्ने देखिन्छ । लगनशीलताले सफलता हात पार्न सकिनेछ । वैदेशिक यात्राको सम्भावना रहेको छ । 

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) — व्यवसायमा सानोतिनो यात्राको योग रहेको छ । सानोतिनो समस्या आएपनि दैनिक कामहरु सफल रहला । खानपानमा ध्यान दिनुहोला । 

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) — मनमा नयाँ योजनाको बास हुने योग छ । व्यापार र उद्योगमा सफलता मिल्नेछ । स्वास्थ्य सामान्य रहला । 

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) — चोटपटकको भय रहेको छ । लामो यात्रा गर्दा सचेत रहनुहोला । बोल्दा ध्यान पुर्याउनु पर्ने देखिन्छ । 

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) — अचानक धन हात पर्ने योग रहेको छ । आफन्तजनसँगको भेटले मन उत्साहित हुनेछ । काममा हौसला जाग्नेछ । 

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) — पहिलेका कमजोरीमा सुधार आउनेछ । बुद्धिले लक्ष प्राप्त गर्न सकिएला । पारिवारिक असमझदारी कायम रहला । 

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे) — धैर्य र संयमताले काम लिँदा फाइदा होला । प्रयत्नले यात्राको सम्भावना जुटाउन सक्छ । कमजोरीको फाइदा उठाउनेहरु बढ्नेछन् ।  

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) — प्रतिद्वन्द्वीहरु बढ्नेछन् । अर्थ उपार्जनका स्रोतहरु मिल्नेछन् । प्रेममा केही विवाद  आउन सक्छ धैर्य गर्नुहोला । 

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) — कृषि र भूमिबाट प्रसस्त लाभ मिल्ने योग रहेको छ । बल भन्दा पनि बुद्धिले काम लिनु उचित हुनेछ । आम्दानीभन्दा खर्च बढी हुने सम्भावना रहेको छ । 

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि) — शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रतिष्ठित व्यक्तिहरुबाट सहयोग मिल्ने योग रहेको छ । घरमा सुख समृद्धि बढ्नेछ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता