फालेलुङ गाउँपालिकामा तेस्रो चौरी महोत्सव आयोजना हुँदै

इलाम, २७ चैतः उत्तरी पाँचथरको फालेलुङ गाउँपालिकामा तेस्रो चौरी महोत्सव आयोजना हुने भएको छ । महोत्सव संगै स्थानीय सरकारले आम्दानीको मुख्य स्रोत मान्दै आएको चौंरीको प्रबर्धनका लागि कार्य थालनी गर्ने भएको छ ।
२०७६ सालको बैशाक १ गते महोत्सव आयोजना गर्दै तिनको संरक्षणमा थप नयाँ रणनीति तयार पार्न लागिएको हो ।
यस अघि स्थानीय संघ–संस्थाको पहलमा हुँदै आएको महोत्सव यस पटक गाउँपालिकाको अगुवाइमा हुन लागेको छ । यो पटक गाउँपालिकको संयोजनमा महोत्सव हुन लागेको छ ।
फालेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मौसम ढुँगेलले भने–फालेलुङका लािग चौंरी भरपर्दो आक्दानीको स्रोत बन्न सक्ने सम्भावनालाइ पहिचान गरी हामीले नै कार्यक्रम गर्ने तयारी गरेका हौँ । यो स्थानीय सरकारको चौंरी संरक्षणका लागि नयाँ कार्य समेत मान्न सकिन्छ । त्यस क्षेत्रको मुख्य आम्दानी मध्येको मानिएको चौंरीलाई कसरी पर्यटक सहितको क्षेत्रका लागि आकर्षक बनाउन सकिन्छ भन्ने बिषयमा स्थानीय सरकाले चरणचरणमा सरोकारवालासंग छलफल गरेको थियो ।
अहिले स्थानीय सरकार प्रचार प्रसारमा जुटेको छ । उपाध्क्ष हिमा अधिकारीको नेतृत्वमा पाँचथरका दक्षिणी गाउँपालिकामा निम्तो पुर्याइएको छ । निम्तो पुर्याउनु मात्रैले पनि प्रचारप्रसारमा सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत मौसम ढुँगेलले बताए ।
बिगतमा अनुमान मात्रै भइरहेको चौंरीको अवस्थाबारे पछिल्लो पटक गाउँपालिकाको अगुवाइमा प्रारम्भिक अवस्थाबारेको जानकारी सार्वजानीक गरिएको छ । फालेलुङ क्षेत्रमा मात्रै २१ चौंरी गोठमा ५ सय ४ वटा चौंरी छन । यस अघि त्यो भन्दा धेरै चौंरी रहेको अनुमान गरिएको भए पछि हराउँदै गएको स्थानीयले बताए । चौंरीको संरक्षणका लागि महोत्सवको आयोजना हुन लागेको हो ।
फालेलुङ ४ चारराते भन्ने ठाउँमा यस अघि २ पटक महोत्सव आयोजना भइसकेको छ । समुद्र सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा कार्यक्रम गर्न लागिएको छ । चौंरी महोत्सव संगै त्यस क्षेत्रको पर्यटन प्रबर्धनका लागि हिल स्टे स्थापनाका लागि पनि काम गर्न लागिएको छ । चौंरीको संरक्षण मात्रै गर्न सके पनि पर्यटक भित्राउन सहज हुने निस्कर्ष निकाल्दै गाउँपालिकाले काम थालेको हो । गाउँपालिकाको तयारी अनुसार सन २०२५ सम्मा चौंरी संग सम्बन्धीत मात्रै करिव १० हजार पर्यटक पुर्याउने लक्ष्य छ । फालेलुङको सोही क्षेत्रमा भारत तर्फ बार्षिक ४५ हजार पर्यटक भित्रने गरेको तथ्याङक छ ।
महोत्सव आयोजना हुन थालेपछि चौंरी पालक कृषकहरु समेत थपिन थालेका छन । महोत्सवमा भुटान, सिक्किम र चिनका चौंरी पालकहरु भेला हुन तय भएको छ । अनिहरुको चौंरी संरक्षण अनुभव संगै कार्यक्रममा चौरीको प्रदर्शनी समेत गरिने तयारी छ । यस अघि ती देशका अनुभवहरुलाई स्थानीयमाझ पुर्याउन महोत्सवले काम गरेको थियो । महोत्सवका लागि १७ लाख रुपैंया खर्च अनुमान गरिएको छ ।
गाउँपालिकाले छिमेकी गाउँपालिका सहितको सहयोगमा लागत संकलन गरेको छ । छिमेकका गाउँपालिका समेतको पहलमा मात्रै चौंरीको बास्तबिक संरक्षण हुने हुँदा उनीहरुको सहभागीता तयार पारिएको हो । चौरी संरक्षणको मुख्य चुनौती भनेको भारत तर्फको क्षेत्रमा हुने निषेध हो । भारत तर्फ पुर्ण निशेध गरिएको छ । नेपाल तर्फ मात्रै चरन क्षेत्र रहेकाले समस्या हुने गरेको छ । फिदिम टुडेबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता