५० वर्ष देखी पानीको चरम समस्या इलामको चुलाचुलीमा

इलाम, १९ चैतः  इलाम सदरमुकामबाट करिव १ सय १५ किलोमिटर टाढाको चुलाचुली गाउपालिकाको मध्य क्षेत्रका गाउहरुमा अझैपनि खानेपानीको अभाब छ । यस गाउपालिकाका खासगरि ४ र ५ नम्बर वडाका बासिन्दा पानी बोक्न टाढाका गाउ र खोलो धाउने गरेका छन् । तर स्थानिय तहमा निर्बाचित जनप्रतिनिधी आए पछि भने सर्बसधरणमा आशाको किरण पलाएको छ ।
दक्षिणमा झापा र पश्चिममा मोरङ संग जोडिएको चुलाचुली गाउपालिकलाई झापाले हेपेको र इलामले नदेखेको दुर्गम भन्ने गर्छन यहा“का बासिन्दा । बिषेश गरेर हि“उदयामका ६ महिना ४ र ५ नम्बर वडामा पानीको हाहाकार नै हुने गरेको छ । चुलाचुलीका बासिन्दा दशकौंदेखि पानीको अभाव झेलिरहेका छन् । तर चुलाचुली गाउपालीकामा स्थानिय सरकार आए संगै खानेपानीको समस्या थोरै कम भएकोे छ । गर्दा असम्भब के हुन्छ र रु अहिले स्थानिय सरकारको पहलमा ४ नं वार्डमा टुयुबेल जडान गरि रहेको छ । एउटा टुयुबेल जडान गर्न ६० हजार सम्म खर्च हुने हुदा बिगतमा पानी नहुदाको समस्य धेरै भए पनि अहिले समधान हुदैगएकोमा स्थानिय सरकार प्रति खुशी छन स्थानियहरु ।
साबिकको चुलाचुली ७ मा रहेको बालज्योती माध्यमीक बिद्यालयमा ५सय ५० को संख्यमा बिध्यार्थी अध्यापन गर्दछन । उनिहरुलाई सौच गर्न र खानको लागी पानीको अभाब छ । बिद्यालयमा बिभिन्न संघ संस्थाले ६ वटा शौचालय बनाइदिएका छन् । तर पानीकै अभाबले ति दुर्गन्धित छन् ।यहा धारा त छ तर चाहिए जति पनि आउदैन, यहि कारण बिद्यार्थीहरु बारम्बार सरुवा रोगको शिकार बन्नेगरेकोले स्थानिय सरकार मार्फत पानी संग्रहको लागी टयाङकी निमाण गर्न अनुरोध गरेको शिक्षकहरुको भनाई छ ।
महाभारत पर्वतको फेदि खण्ड । खोल्सा खोल्सी प्रशस्त छन् । तर पानीको अभाबले ठुलो संख्यामा पशु पाल्न सक्ने स्थिती छैन । पिउने पानी ओसार्न परिवारको एकजनाले स“धैं आधादिन खर्चीरहेको ठाउमा राज्यको सहयोगी उपस्थित देखि“दैन । गा“उको दोस्रो पुस्ता पनि पसिना बग“ाउदै टाढाबाट बोकेर ल्याएको पानीको भरमा बा“चीरहेका छन । बिहानै उठ्नेबितिकै पानीको लागी लाईन लाग्न कुवा तथा इनारमा पुगीसक्नु बिद्यार्थीको अनिवार्य दिनचर्या बनेको हुन्छ । तर स्थानिय तहमा निर्बाचित जनप्रतिनिधी आए संगै गाउको बिभिन्न ठाउमा टुयुबेल जडान गरे पछि केहि सहज भएको बिध्यर्थीहरु बताउछन ।
यहाँ पानीको लागि बिभिन्न संघ संस्थाले सर्वे नगरेको भने हैन । तर जमिनको सतहभन्दा ३०—३५ फुटभित्र पत्रे चट्टान भेटिएपछि पानीको दिगो भुमिगत स्रोत जुटाउन सकिएन् । फाट्ट फुट्ट टुयुबेल छन् ,तर पर्याप्त सफा पानी आउदैन । एक बर्ष अघि जिल्ला खानेपानी तथा स्वचछता समन्वय समितिले साबिकको ६ ,७ र ८ नम्बरका नगरिकलाई पानी उपलब्ध गराउने उद्धेश्यले डिप बोरिङ गरि एकघर एकधाराको अबधरणा अनुरुप खानेपानीको लागी त्यहा“ निःशुल्क ६ कठ्ठा जमिन उपलब्ध गराई घेराबारा गरेको छ । तर सरकारी ढिलासूस्ती भनिसाध्य छैन ।
अहिले टाडा बाट ल्याएको धाराको पनिमा भर परि रहेको चुलाचुली बासीहरुको लागी निर्बाचित स्थानिय सरकार आए संगै बिभिन्न योजना सहित २बर्ष भित्रमा खाने पानीको समधान गर्ने स्थानिय सरकारको भनाई छ ।
चुलाचुलीको लागि यो कम्तिमा ५० बर्षदेखिको समस्या हो । यस क्षेत्रको निर्वाचित संसद २ पटक देशको सभामुख भए पनि स्थानीयलाई काग लाई बेल पाक्यो हर्ष न बिस्मत झैं छ । चुनावको मुखमा प्रत्येकपटक चुलचुलीको खानेपानीको मुद्धा स्थानिय तहमा ब्यापक उठछ । चुनाव सकिएस“गै सेला“उछ । भरखरै देशमा तिनवटै तहको निर्बाचन सम्पन्न भई जनप्रतिनिधी आइसकेकोले यो दःुखद नियतीबाट मुक्ती अर्थात तिर्खा मेटिनेगरि पानी खान खोजिरहेका छन् चुलाचुलीबासीहरु । हाम्रो दमकबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता