ताप्लेजुङमा छोराको कुटइबाट बाबुको मृत्यू

ताप्लेजुङ, १९ चैत्रः ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवा स्थित बुङ्कुलुङका दलबहादुर गुरुङको आफ्नै छोराको कुटपिट पछि ज्यान गएको छ । उनका ३२ वर्षिय माईला छोरा गजेन्द्र गुरुङको कुटपिट पछि उपचारका लागि झापा तर्फ लैजाने क्रममा ईलामको फिक्कल स्थित बाटोमा नै मृत्यू भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गजेन्द्रले गत शनिबार घरायसी विवाद हुँदा भान्साघर भित्रै कुटपिट गरि धारिलो हतियार प्रहार गरेर सख्त घाईते बनाएका थिए । घटना पछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले बताउनुभयो । मृतकको शव सोमबार जिल्ला अस्पताल ताप्लेजुङमा पोस्टमार्टम गरि आफन्तलाई जिम्मा लगाईएको प्रहरीको भनाई छ ।

पूर्वेली न्यूजबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता