पाँचथर गोल्डकप तयारी अन्तिम चरणमा

इलाम, १९ चैतः पाँचथरमा तीन वर्ष अघिदेखि हुँदै आएको तेस्रो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता शनिवारदेखि शरु हुने भएको छ । प्रतियोगिताको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ ।
बैशाख–२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लब, १ नम्बर प्रदेश र भारतीय गरी दश टिमको सहभागिता हुदै छ । प्रतियोगितामा हिमालयन सेर्पा क्बल, जावलाखेल युथ क्बल, दार्जेलिङ युनाईटेढ भारत, विजय युथ क्लब हेटौडा, मिसन युनाईटेड ताप्लेजुङ, रेड हर्स इलाम, विर्तामोड युनाईटेढ झापा, डिएफसि मोरङ, न्यस्टार क्लब सुनसरी र आयोजक पाँचथर क्बलको सहभागिता रहने छ ।
शनिबार पहिलो खेलमा मिसन युनाईटेढ ताप्लेजुङले डिएफसि मोरङको समाना गर्ने छ । प्रतियोगिताको विजेता टिमले ४ लाख रुपैँया नगद पुरस्कार र ट्रफि पाउने छ । उप–विजेताले भने २ लाख रुपैँया नगद र ट्रफि चित्त बुझाउनु पर्ने छ । विधागत पुरस्कारहरु समेत राखिएको जानकारी दिइएको छ ।
प्रतियोगिता ४३ लाख रुपैँया लागतमा सम्पन्न गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ । मुख्य प्रयोजकको रुपमा वाई वाई चाउचाउ रहेको छ भने फिदिम नगरपालिका लगायतले सहयोग गरेका छन् । प्रतियोगिताको डिफेण्डीङ च्यापियन झापा हो । आयोजकले जिल्लाकै खेलाडी प्रतियोगितामा खेलाउने भनेर प्रशिक्षण भईरहेको जानकारी दिइएको छ ।
फिदीम टुडेबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता