आईपीएलः बेंगलोर र राजस्थानको खेल दुवै टोली पहिलो जीतको खोजीमा


  • बिनय तिम्सीना

इलाम, १९ चैतः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल)मा  आज बैंगलोर र राजस्थान विचको खेल हुँदैछ । भारतीय कप्तान विराट कोहोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोर र भारतीय  ब्याट्समेन अजिङके राहनेको कप्तानीमा रहेको राजस्थान रोयलस्  विच नेपाली समय अनुसार बेलुका ८ः१५ बजे राजस्थानको होमग्राउण्ड जयपुरमा खेल हुने छ । यस अघि तीन तीन वटा खेल खेली सकेका दुवै टोली पहिलो जीतको खोजीमा रहको छन् अंक तालिकाको पुछारमा रहेको आसीवी र सातौँ स्थानमा रहको आरआरमा आज जुन टीमले जीत निकाले पनि २ अंक जोड्ने छन् ।
बैंगलोरमा विश्वका सवैभन्दा राम्रा ब्याट्समेनन विराट कोहोली, विष्फोटक व्याट्समेन एबी डेविलियन्स, जस्ता राम्रा ब्याट्मेन रहेका छन् भने वीकेट किपरमा  पार्थीव पटेल, वलरहरु न्युजरल्याण्डका तीव्रगतिका वलर टीम साउथी, भारतीय वलरहरु उमेश यादव, मोहमद साराज, युजव्रेन्द चाहाल अलराउण्डरमा वासिङटन सुन्दर, मोइन अली जस्ता खेलाडीहरु रहेका छन् बैंलोरको गतसिजन भन्दा व्याटीङ विग्रीएको देखिन्छ । केही नयाँ भारतीय खेलाडी पनिरहेका छन् । पहिलाका ३ खेलमा नभएका नाथन कुल्टारायन आजको खेलबाट आउने छन् यसोमा बैंगलोरको बलिङ बलियो हुनेछ । 
राजास्थानमा कप्तान आजिङके राहाने, जस् बटलर, सन्जु स्यमसोन, स्टीप स्मीत, जस्ता स्टार ब्यट्समेन छन् । अलराउण्डर बेन स्टोक, राहुल त्रिपाठी र श्रेयस गोपाल, जाफर अर्चर, जयदेव उन्नाडकट, धवल कुलकर्नी जस्ता वलरका साथमा उत्रने छ । 
यसअघिका यि दुवै टीमको पाँच भेटमा दुई दुई खेलमा जीत निकालेका छन् भने एक खेल टाई भएको छ । 
आईपीएलको १२ औँ सिजनको शुरुवात दुवै टीमको राम्रो रहेन दुवै टोलीले शुरुवाती तीन वटै खेल हारेका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता