बारा क्षति : हुरीले १५ सय घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक, टहरा निर्माणका लागि सुरक्षाकर्मीले थाले सरसफाई

काठमाडौं । हावाहुरीका कारण बारामा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको प्रारम्भिक तथ्यांक आएको छ । नेपाल रेडक्रस सोसाइटी बारा शाखाले गरेको प्रारम्भिक तथ्याङक संकलनका क्रममा १ हजार ५ सय २ घरधुरी प्रभावित भएको देखिएको हो ।
आज पनि तथ्यांक संकलन जारी रहेकाले साँझसम्म यकिन विवरण आउने रेडक्रसले जनाएको छ । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पनि क्षतिको विवरण संकलन भइरहेको जानकारी दिनुभयो । बाराको फेटा गाउँपालिका–१ र कलैया–१८ मा पर्ने भलुही भरवलिया गाउँमा बढी क्षति भएको छ ।
फेटा गाउँपालिका–३ पुरैनियाँ गाछीटोल र ६ को पुरैनिया टोलमा मानवीय एवं भौतिक क्षति बढी भएको हो । यसैबीच, प्रदेश २ सरकारले हावाहुरी प्रभावितका लागि बाँस तथा जस्तापाताको अस्थायी टहरा निर्माण गर्ने तयारी गरेको छ ।
हावा–हुरीबाट सबैभन्दा बढी प्रभावित भुलही, भरवलिया र पुरैनियामा टहरा बनाउन सुरक्षाकर्मीले सरसफाइको थालेका छन् ।
प्रभावितका लागि बारा र पर्साका स्थानीय सरकारले ठाउँ–ठाउँमा ‘मेस’ चलाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता