वाईसीएल इलामले पठायो बारा र पर्साका पीडितलाई राहत

योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपाल जिल्ला कमिटी इलामले गत आइतबार रातिको विनाशकारी हावाहुरीबाट पीडित भएका बारा र पर्सा नागरिकहरुको लागि राहत रकम पठाएको छ ।
दर्जनौंको ज्यान जानेगरी र हजारौं सर्वसाधारण विस्थापित हुनेगरीको हावाहुरीबाट पीडित भएकाहरुको राहतको लागि संगठनको सर्कुलर बमोजिम केन्द्रीय कमिटीमार्फत् १५ हजार रुपैयाँ राहत रकम पठाइएको वाईसीएल इलामका उपाध्यक्ष ताराबाबु सुवेदी (हुरी) ले बताए ।
वाइसीएल, इलामले देशभर सबैलाई पीडितहरुको लागि राहत जुटाउने कार्यमा सहयोग गर्न अपिल गरेको छ । 'बारा र पर्सा जिल्लामा भएको घटनाले राष्ट्रिय शोक परेको छ' वाइसीएलको इलाम नगर अध्यक्ष सुशील बानियाँले भने- 'सबै मिलेर सक्दो सहयोग गरौं ।' 
वाईसीएल नेपालले राहत संकलनको लागि देशभर अभियान सञ्चालन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता