देउमाई गोल्डकप : आयोजकलाई हराउँदै रेडस्टार झापा सेमिफाईनलमा प्रवेश

इलाम ८ बैशाख : रेडस्टार फूटवल क्लव झापा इलामको मंगलबारेमा जारी चौथो देउमाई गोल्डकपको सेमिफाईनलमा  प्रवेश गरेको छ । शनिवार भएको उद्घाटन खेलमा आयोजक त्रिवेणी युथक्लव मंगलबारेलाई एकका विरुद्ध दुई गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । 
जितका लागि खेलको दोस्रो मिनेटमा रेडस्टारका जर्सी नम्वर ३ का विकास थुलुङले गरेका थिए । त्यस्तै दोस्रो हाफको १८ औँ मिनेटमा जर्सी नम्वर ५ का पुजन उपरकोटीले अर्को गोल गर्दै नतिजा दोब्बर बनाएका थिए । 
यता आयोजकका तर्फबाट सान्त्वना गोल खेलको २१ औँ मिनेटमा जर्सी नम्वर ११ का मनिस राईले गरेका थिए । 
खेलको म्यानखफदि म्याच आयोजक का विशाल तामाङ घोषित हुँदै नगद २५ सय र ट्रफी प्राप्त गरे । 
आजको खेल मुनाल क्लव चन्द्रगडी झापा र सुनसरी फूटवल क्लवविच हुने आयोजकले जानकारी गराएको छ । 
प्रतियोगितामा भारतका एक सहित नेपालका आठ टीमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आगामी बैशाख १४ गते हुने छ ।   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता