इलामको तीन दिने आँखा शिविरमा १२७ जनाको मेतियाविन्दुको शल्याक्रिया

इलाम, ८ बैशाखः इलाम अस्पतामा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलामको आयोजनमा भएको ३ दिने आँखा शिविरमा १२७ जना मोतिया विन्दुको शल्याक्रिया गरिएको छ ।  पुर्वाञ्चल आँखा उपचार कार्यक्रम, बिराटनगर आँखा अस्पताल बिराटनगर, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्गर्गत जिल्ला प्रहरी कार्यालय इलाम,  र इलाम नगरपालिकाको सयुक्त आयोजनामा  वैशाख ५ गते बाट ३ दिन सम्म इलाम अस्पताल इलाममा मोतियाविन्दुको शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर संचालन भएको थियो ।mशिविरमा ९७६ जना सेवाग्राहीहरुले सेवा लिएका छन भने १२७ जनाको मोतियाविन्दुको शल्यक्रिया समेत भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता