नेकपा एकता प्रकृयाले आज मूर्तरुप पाउँदै, भोलि औपचारिक रुपमा एकता घोषणा गर्ने तयारी

काठमाडौं । लामो समयको कसरत पछि आज नेपाल कम्युनिष्ट पार्टी नेकपाले मूर्तरुप पाउने भएको छ । प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन (नेकपा) एमाले र (नेकपा) माओवादीबीच एकिकरण गर्ने सहमति गरेर निर्वाचनमा होमिएका थिए । निर्वाचनमा (नेकपा) गठबन्धनले बहुमत प्राप्त गरी उसकै नेतृत्वको सरकार पनि बनिसकेको एक बर्ष पुरा भईसकेको छ ।
दुई पार्टी बीच ३ महिनामा मै एकता प्रकृया सक्ने सहमति भएपनि अझै पूर्णरुपमा पार्टी एकता भईसकेको छैन । तर आईतबार (आज)नकपाले औपचरिक रुपमा पुर्णता पाउने नेकपा अद्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहितका अन्य शिर्ष नेताहरुले आश्वशन दिएका छन् । यसअघि एकता प्रकृयामा बरिष्ठ नेता मादवकुमार नेपालले विभिन्न असहमति जनाएका कारण एकतामा समस्या आएको थियो ।
तर केही दिन अघिबाट बैशाखको पहिलो साता भित्रै एकतालाई औपचारिक र सांगठानिक रुपमै एकता प्रकृया टुंग्याउनका लागि नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका थिए। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल लगायतका नेताहरुले आज छलफल गरेर एकीकरण प्रकृयालाई अन्तिम रुप दिने नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताउनु भयो ।
केही दिनको निरन्तर छलफल पछि भएको सहमतिका अनुसार आज एकिरणलाई पुर्णता दिइन लागेको रिजालल बताउनु भयो । शुक्रबार र शनिबार दुई अध्यक्षसहित नेपाल र पौडेलले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गरेका थिए । कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात बैसाख ९ भोलि एकता गर्ने गरी तयारी भएको नेताहरुको भनाई छ ।
नेताहरुबीच सहमति नजुट्दा जिल्लासहितका तल्लो तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लो ११ महिनादेखि अल्झिरहेको थियो। चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएको थियो । आइतबार ४ शीर्ष नेताहरुबीच छलफल हुने र एकताको प्रस्तावलाई अन्तिम रूप दिइने ‍तयारी भएको हो । न्युज २४ बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता