माध्यमिक शिक्षक युनियन देउमाई नगरपालिको संयोजकमा हरि प्रसाद

देउमाइ ८ बैशाखः देउमाई नगरपालिका भित्रका प्लस टु शिक्षकहरुको भेलाले हरि प्रसाद गौतमको संयोजकत्वमा सात सदस्यीय माध्यमिक शिक्षक युनियन नगर समिती गठन गरेको छ । समितीका अन्य सदस्यहरुमा दुर्गा प्रसाद बराल,हरि प्रसाद पौडेल,प्रेमलाल घिमिरे,डिल्ली खनाल,गीताराम निरौला र गोपाल पोख्रेल रहेका छ्न। माध्यमिक तह कक्षा ११ र १२ का  शिक्षक हरुको हक अधिकार सुनिश्चितताको लागि यो समिती बनाइएको बताइएको छ। साथै मासिक बैठक , मासिक आर्थिक सन्कलन आदि बिसयमा छलफल भएको बैठकमा सहभागी शिक्षक नन्दहाङ लिम्बुले बताए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता